विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको चितवन भरतपुरस्थित बसेनीमा रहेको १३२/११ केभी भरतपुर सबस्टेसन मर्मत सकिएपछि पूर्ण क्षमतामा सञ्चालन भएको छ । समस्याग्रस्त २ वटै पावर टान्सफर्मर बदली गरी नयाँ जडान गरेपछि आइतबार साँझबाट सबस्टेसन पूर्ण क्षमतामा सञ्चालनमा आएको हो ।

सबस्टेसन पूर्ण क्षमतामा सञ्चालनमा आएसँगै भरतपुर क्षेत्रको विद्युत आपूर्ति नियमित भएको छ । माग व्यवस्थापन सहज भएपछि प्राधिकरणले उद्योगहको विद्युत आपूर्ति पनि सुचारु गरेको छ । आइतबार साँझबाट नै औद्योगिक क्षेत्रमा आपूर्ति नियमित गरिएको प्राधिकरणले जनाएको छ ।

सबस्टेसनमा जडान भएको एउटा टान्सफर्मर कात्तिक १३ गते पड्किएको थियो । यो टान्सफर्मर पड्किँदा अर्को टान्सफर्मरबाट आपूर्ति व्यवस्था मिलाइएकोमा त्यसको ३ दिनपछि १६ गतेबाट यसमा समेत समस्या आउँदा भरतपुर क्षेत्रको विद्युत आपूर्ति अवरुद्ध हुन पुगेको थियो । 

प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मर हटाई सबस्टेसनमा जगेडामा रहेको २२.५ एमभिएको टान्सफर्मर जडान गरी एउटाबाट लक्ष्मी पूजाको दिन घरायसी ग्राहकका लागि विद्युत आपूर्तिको व्यवस्था मिलाएको थियो । यो टान्सफर्मरबाट आपूर्ति सुचारु गर्न ३६ घन्टा लागेको थियो ।

कास्कीस्थित लेखनाथ सबस्टेसनको २२.५ एमभिएको ट्रान्सफर्मर भरतपुर ल्याएर जडान गरेपछि मात्रै सबस्टेसन पूर्ण क्षमतामा विद्युत आपूर्ति गरिरहेको हो । 

नयाँ टान्सफर्मर राखेसँगै सबस्टेसनको क्षमता ४५ एमभिए पुगेको छ । मर्मतपछि सबस्टेसन सञ्चालनमा आएपछि भरतपुर क्षेत्रका औद्योगिकसहित सबै वर्गका ग्राहकले नियमित सेवा पाइरहेको 
प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख प्रमुख राजीव सिंहले बताए । 

उनका अनुसार अनुसार चितवनकै १३२/११ केभी आँपटारी सबस्टेसनमा पनि १५ एमभिएको ट्रान्सफर्मर जडान कार्य सुरु गरिएको छ । यो सबस्टेसनबाट विद्युत आपूर्तिका लागि ३ वटा फिडर सञ्चालन गरिएको छ । 

तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठसहितको टोली मर्मत स्थलमा खटिएको थियो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit