विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रो पावर कम्पनीले करिब साढे ४७ लाख कित्ता साधारण सेयर निकासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित ४७ करोड ५२ लाख रुपैयाँ बराबरको ४७ लाख ५२ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयर निष्कासन गर्न बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीको भोजपुरमा निर्माण सम्पन्न ८ मेगावाटको टक्सार पिखुवा खोला जलविद्युत आयोजना सञ्चालनमा छ । आयोजनाको विद्यत २०७७ चैतदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

निर्माण सुरु भएको साढे २ वर्षमा आयोजना सम्पन्न भई विद्युत उत्पादन सुरु गरेको थियो । आयोजनाको विद्युत साढे ७ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको पानीट्याङकी सबस्टेसनमा जोडिएको छ ।

यो आयोजना सम्पन्न गर्न १ अर्ब ७२ करोड रुपैयाँ खर्च भएको छ । आयोजनामा सिटिजन्सको अगुवाईमा माछापुच्छ्रे बैंकले ऋण लगानी गरेको छन् । आयोजनाको कुल लागतका. ७० प्रतिशत ऋण लगानी छ । ३० प्रतिशत स्वपुँजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit