काठमाडौं । युनिटेक हाइड्रो पावर कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्कासन गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेकाे छ ।
कम्पनीको जारी पुँजी ३६ करोड ६७ लाख रुपैयाँ रकम बराबरको सय रुपैयाँ अंकित ३६ लाख ६७ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त सेयर निष्कासन गर्न बिक्री प्रबन्धक र कम्पनीबीच सम्झौता भएकाे छ।
उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रो पावरकोे तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्यले हस्ताक्षर गरे ।
कम्पनीको ताप्लेजुङमा ५.८ मेगावाटको माथिल्लो फवाखोला जलविद्युत आयोजना निमाणाधीन छन् । निर्माणाधिन आयोजनाकाे ९० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भईसकेको छ ।