विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तेह्रथुम पावर कम्पनीले १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीको तेह्रथुममा सञ्चालित साढे ७ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्न बिहीबार अनुमति दिएको हो ।

आवेदन दिएको साढे २ वर्षपछि बोर्डले कम्पनीलाई सेयर निष्कासनको अनुमति दिएको हो । बोर्डको अनुमतिपछि अब प्रतिकित्ता १२ करोड रुपैयाँ मूल्यको सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र सर्वसाधारणका लागि बिक्री खुल्ला गरिनेछ ।

कम्पनीले निष्कासन गर्न लागेको सेयर स्वपुँजी लगानीको ३० प्रतिशत हो । जसमा १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ मूल्यको ४ लाख कित्ता प्रभावित क्षेत्रका स्थानीयका लागि र १५ २० प्रतिशत हुन आउने ८ करोड रुपैयाँ रुपैयाँ मूल्यको ८ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ ।

बोर्डको अनुमतिपछि आवश्यक प्रक्रिया पूरा गरी चाँडै सेयर निष्कासन गरिने कम्पनीका कार्यकारी निर्देशक मोहनकुमार डाँगीले जानकारी दिए । ‘सेयर निष्कासनका लागि सबै काम बिक्री प्रबन्धकले गरिरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘सम्भव भएसम्म चाँडै सेयर निष्कासन गर्ने हाम्रो प्रयास हुनेछ ।’ 

उनले पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीयका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरिने बताए । स्थानीयबासीका लागि सेयर निष्कासन गरेर बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागि सेयर बिक्री खुल्ला हुने कम्पनीले जनाएको छ ।

कम्पनीले पहिलो पटक २०७६ असोज १३ गते सेयर निष्कासन गरी बाँडफाँड गर्ने अनुमतिका लागि बोर्डमा आवेदन दिएको थियो । लामो समयसम्म थप प्रक्रिया अघि नबढेपछि बोर्डले कम्पनीलाई सूचीबाट हटाइदिएको थियो ।

कम्पनीले केही महिनाअघि दोस्रो पटक आवेदन दिएको थियो । कम्पनीको सेयर निष्कासन तथा बाँडफाँडको काम एनआइविएल एस क्यापिटलले गर्दैछ । कम्पनीले निर्माण गरेको आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit