विद्युत अपडेट

  • प्राधिकरण : ६७२७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४४०४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२८०५ मे.वा.घन्टा
  • आयात : ११९२० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८९५७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २००२ मे.वा.
२०८१ चैत १८, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत यो साता हामीले विद्युत् लाइनमा प्रयोग हुने सर्किट ब्रेकर र यसका प्रकारबारे जानकारी प्रस्तुत गरेका छौँ । अघिल्लो साता घरको विद्युतीकरण अर्थात् ‘हाउस वायरिङ’बारे जानाकरीका साथै विषयमा बहुवैकल्पिक प्रश्नोत्तरमार्फत यसबारे जानकारी दिएका थियौँ ।

(१) सर्किट ब्रेकर भनेको के हो ?

उत्तर : सर्किट ब्रेकर एउटा विद्युत् सुरक्षा यन्त्र हो, जसलाई अति भार वा सर्ट सर्किटका कारण विद्युत् सर्किटलाई नोक्सान हुनबाट जोगाउन डिजाइन गरिएको हुन्छ । यसले विद्युतीय सर्किट ओभर लोड वा सर्ट भएको अवस्थामा स्वचालित रूपमा लाइन काट्ने गर्दछ र साथै आवश्यक परेको बेला हातले बटन दाबेर पनि यसलाई अफ गर्न सकिन्छ । घरमा जडान भएको स्वीच पनि साधारण प्रकारको सर्किट ब्रेकर नै हो, जसलाई हातले अन/अफ गरिन्छ ।

(२) सर्किट ब्रेकर कति प्रकारका हुन्छन् ? 

उत्तर : सर्किट ब्रेकर मुख्यतया ४ प्रकारका हुन्छन् । तीनलाई निम्नानुसार व्याख्या गरिन्छ : 

(क) हावा(एयर) सर्किट ब्रेकर : यो ब्रेकरमा आर्क नियन्त्रण (करेन्ट प्रवाहको नियन्त्रण) माध्यमको रुपमा साधारण हावा नै हुन्छ । यो दुई थरीको हुन्छ– एउटा सामान्य हावामा सञ्चालन हुने र अर्को जबर्जस्ती हावा (फाेर्स्ड एयर) को अवस्थामा सञ्चालन हुने । सामान्य हावामा सञ्चालन हुने ब्रेकर १५ केभी भोल्टेजसम्मका लाइनका लागि उपयुक्त हुन्छ भने जबरजस्ती हावा ब्रेकर भने ४०० केभीसम्मका प्रसारण लाइनका लागि प्रयोगमा ल्याइएको हुन्छ । प्रविधिको विकाससँगै एयर ब्रेकर लोप हुँदै गई सोको ठाउँ अन्य ब्रेकरहरूले लिएका छन् ।

(ख) आयल सर्किट ब्रेकर : यो ब्रेकर पनि दुई थरीको हुन्छ– एउटा बल्क आयल सर्किट ब्रेकर र अर्को न्यूनतम (मिनिमम) आयल सर्किट ब्रेकर ।

  • बल्क आयल सर्किट ब्रेकर (बिओसिबी) : फलामले बनेको भाँडो भित्र राखिएको तेल बीच ब्रेकरको मुभिङ कन्ट्याक्ट र फिक्स्ड कन्ट्याक्ट रहन्छ । यो ब्रेकरमा तेल बढी चाहिने हुनाले यसको ट्याङ्क पनि ठुलै हुन्छ । जसको नाम नै ‘बल्क ट्याङ्क’ हो । विद्युत् आर्क निभाउनुको साथै लाइभ पार्टस्लाई इन्सुलेशन प्रदान गर्नु परेकोले पनि यो ब्रेकरलाई धेरै तेल चाहिएको हो । यसमा राखिने तेल ट्रान्सफर्मर आयल हो ।
  • न्यूनतम (मिनिमम) आयल सर्किट ब्रेकर (एमओसिबी) : ब्रेकरको बडी स्टीलको भएमा यसलाई लाइभ पार्टस्बाट सुरक्षित राख्न अर्थात् इन्सुलेटेड अवस्थामा राख्न स्वतः बढी तेल चाहिन्छ  तर एमओसिबीको बडी इन्सुलेटेड मेटेरिएल ‘पोर्सेलाइन’ले बनेको र यसको आर्किङ चेम्बर पनि ग्लास फाइबर, रिइन्फाेर्स्ड सिन्थेटिक रेजिन आदी इन्सुलेटिङ मेटेरियलले बनेको हुन्छ । यसमा राखिने तेलले लाइभ पार्टस्का लागि इन्सुलेसनको काम गरिराख्नु पर्दैन । तेलले आर्क निभाउने वा मत्थर पार्ने काम मात्र गर्नु परेकोले तेल थोरै नै चाहिन्छ, जसले गर्दा यसको आकार घट्नुको साथै आगलागीको समस्या हुने सम्भावना पनि एकदमै न्यून हुन्छ ।

(ग) भ्याकुम सर्किट ब्रेकर(भिसिबी) : यस्तो ब्रेकरमा २ वटा कन्ट्याक्टको मुभमेन्ट, आर्किङ र आर्क नियन्त्रण एउटा हावा र ग्यासरहित भ्याकुमभित्रै हुन्छ । यो बोतललाई ‘भ्याकुम इन्ट्रप्टर’ पनि भन्ने गरिन्छ । भ्याकुमको विद्युत् रोधक शक्ति हावाभन्दा ८ गुणा र SF6 ग्यासभन्दा ४ गुणा बढी भएकाले दुई कन्ट्याक्टस् (फिक्स्ड र मुभिङ) बीच थोरै दूरी भएमा पनि आर्क नियन्त्रण राम्ररी र प्रभावकारी रूपमा हुन्छ । यो विकासकै अवस्थामा रहेकोले अहिले ३३ केभीसम्मको न्युनतम भोल्टेजसम्मको लागि मात्र यसको प्रयोग भएको छ ।

(घ) SF6 सर्किट ब्रेकर : ब्रेकरको कन्ट्याक्स् जुन माध्यममा सञ्चालन हुन्छ अर्थात् अन/अफ हुन्छ, त्यही माध्यमको आधारमा ब्रेकरको नामकारण गरिन्छ । यसको मतलव कन्ट्याक्स् छुट्टिने, आर्क उत्पन्न हुने र निभ्ने सबै कार्य SF6 ग्यासमै हुन्छ ।

बहु–वैकल्पिक प्रश्नहरू

(१) सर्किट ब्रेकरले के काम गर्दछ ?

(क) सर्किटलाई अफ गर्दछ 
(ख) सर्किटलाई अन गर्दछ
(ग) अन र अफ दुवै गर्दछ
(घ) स्वचालित रूपमा पनि अन र अफ दुवै गर्दछ । 

उत्तर : स्वचालित रूपमा पनि अन र अफ दुवै गर्दछ ।

(२) आर्क भनेको के हो ?

(क) करेन्टको प्रवाह
(ख) ग्यासको प्रवाह
(ग) भोल्टेजको प्रवाह
(घ) कुनै पनि होइन्

उत्तरः करेन्टको प्रवाह

(३) ओभर करेन्ट/अर्थ फल्ट रिलेले के काम गर्दछ ?

(क) ब्रेकर ट्रिप गराउँछ
(ख) ट्रिप गराउनुको साथै सङ्केत पनि दिन्छ
(ग) सङ्केत मात्र दिन्छ
(घ) यसले फल्ट रेकर्ड गर्दछ

उत्तर : ट्रिप गराउनुको साथै सङ्केत पनि दिन्छ

(४) एमओसिबीको आर्किङ चेम्बर केले बनेको हुन्छ ?

(क) कपर
(ख) कास्य
(ग) स्टिल
(घ) ग्लास फाइबर

उत्तर : ग्लास फाइबर

(५) सर्किट ब्रेकरमा प्रयोग हुने ग्यास SF6 को पूरा नाम के हो ?  

(क) सल्फर हेक्साफ्लोराइड
(ख) सल्फर डिफ्लोराइड
(ग) सल्फर ट्राइफ्लोराइड
(घ) सल्फर पेन्टाफ्लोराइड

उत्तर : सल्फर हेक्साफ्लोराइड

(६) सुरक्षाको दृष्टिकोणले मेन स्वीचको रूपमा कस्तो एमसिबी राख्नु राम्रो होला ?

(क) डबल पोल 
(ख) सिङ्गल पोल प्लस स्विच संयुक्त
(ग) सिङ्गल पोल मात्र
(घ) एमसिबीको सट्टा राम्रो किटक्याट 

उत्तरः डबल पोल

(७) सबस्टेसनमा प्रयोग गरिने भिसिबीको पूरा नाम के हो ?

(क) भ्याकुम सर्किट ब्रेकर
(ख) भोल्टेज सर्किट ब्रेकर
(ग) धेरै उच्च करेन्ट ब्रेकर
(घ) भोल्टेज नियन्त्रण बोर्ड

उत्तरः भ्याकुम सर्किट ब्रेकर
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३