विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज २०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ‘ऊर्जा ज्ञान’ विषयक जानकारीमूलक सामग्रीमा यो साता अर्थात् आज (भदाै १८ गते) वायू ऊर्जा र यसका अंगहरूबारे जानकारी दिने प्रयास गरेका छौँ । अघिल्लो साता सौर्य ऊर्जा र यसका फाइदा-बेफाइदाबारे उल्लेख गरेका थियौँ ।

१. वायू ऊर्जा भनेको के हो ?
उत्तरः वायू ऊर्जा भनेको हामीले हावाबाट प्राप्त गर्ने शक्ति हो । हावामा भएको गति टर्वाइनको ब्लेडमा ठोक्किँदा, ब्लेडहरू घुम्छन्, तिनीहरूले विद्युत् उत्पन्न गर्छन् । यो सफा र नवीकरणीय ऊर्जा स्रोत हो किनकि हावा प्राकृतिक हो र कहिल्यै समाप्त हुँदैन । हावाको ऊर्जाले वायुलाई प्रदूषित गर्दैन, जसले गर्दा यो जीवाश्म इन्धनहरूको राम्रो विकल्प बन्छ ।

२. विन्ड टर्बाइनका अंगहरू के–के हुन् ?
उत्तरः विन्ड टर्बाइनका अंगहरु निम्न अनुसनर छन् ।

बहु वैकल्पिक प्रश्नउत्तर

१. वायु शक्ति केमा निर्भर रहन्छ ?
    (क) वायुको गति
    (ख) वायुको घनत्व
    (ग) उचाइ
    (घ) क र ख दुवै
उत्तरः क र ख दुवै

२. विन्ड भेनले के पत्ता लगाउने काम गर्दछ ?
    (क) वायुको दिशा
    (ख) वायुको गति
    (ग) वायुको आद्रता 
    (घ) वायुको दबाब
उत्तरः वायुको दिशा

३. विन्ड टर्वाइनको गति कसरी नियन्त्रण गरिन्छ ?
    (क) ब्लेडलाई घुमाएर 
    (ख) मेकानिकल ब्रेक प्रयोग गरेर
    (ग) क र ख दुवै प्रयोग गरेर
    (घ) यसमा उल्लेखित कुनै पनि हैन
उत्तरः क र ख दुवै प्रयोग गरेर

४. नेपालमा सबैभन्दा पहिले कुन ठाउँमा विन्ड टर्वाइन जडान गरिएको थियो ?
    (क) पोखरा 
    (ख) बागलुङ 
    (ग) कागबेनी (मुस्ताङ) 
    (घ) फाप्लु (सोलु)
उत्तरः कागबेनी (मुस्ताङ)

५. Betz's Cocefficient को मान कति हो ?
    (क) २२/७
    (ख) २०/२६
    (ग) १५/२७
    (घ) १६/२७
उत्तरः १६/२७

६. विन्ड टर्वाइनले सैद्धान्तिक रूपमा हावामा रहेको काइनेटिक शक्तिको कतिसम्म उत्पादन गर्न सक्दछ ?
    (क) ०.५०%
    (ख) ०.४०%
    (ग) ०.९०%
    (घ) ०.५९%
उत्तरः ०.५९%

७. विन्ड टर्वाइनले उत्पादन गर्ने पावर के–केमा निर्भर रहन्छ ?
    (क) हावाको गति
    (ख) हावाको घनत्व
    (ग) हावाको तापक्रम
    (घ) माथि उल्लेखित सबै
उत्तरः माथि उल्लेखित सबै
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३