विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक ११, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ‘ऊर्जा ज्ञान’ विषयक जानकारीमूलक नियमित स्तम्भअन्तर्गत यो साता (कात्तिक ९ गते) डिजेल इलेक्ट्रिक पावर प्लान्टका फाइदा र बेफाइदाबारे जानकारी दिने छौँ । अघिल्लो साता विद्युत्का विविध आयामबारे ज्ञानवर्द्धक सामग्री प्रस्तुत गरेका थियौँ ।

१. डिजेल इन्जिन :

हामीलाई थाहा छ, जुनसुकै माध्यम प्रयोग गरेर जेनेरेटर/डाइनामोलाई घुमायौँ भने विद्युत् निस्कन्छ । हाइड्रो पावरमा जेनेरेटरलाई टर्बाइनको सहायताले घुमाइन्छ भने डिजेल इलेक्ट्रिक पलान्टमा डिजेल इन्जिनबाट जेनेरेटर घुमाउने गरिन्छ । डिजेल इन्जिनले मुख्यतः डिजेलको रूपमा रहेको रासायनिक शक्तिलाई मेकानिकल शक्तिमा रूपान्तरण गर्दछ ।

२. डिजेल इन्जिनका फाइदा : 

  • यसलाई जडान गर्न छोटो समय र थोरै स्थान भए पुग्छ ।
  • डिजेल प्लान्टलाई छिट्टै सुचारु गर्नुका साथै छिट्टै यसमा लोड दिन सकिन्छ ।
  • यो जगेडाको रूपमा चलाउन उपयुक्त छ ।
  • यसलाई विभिन्न प्रकारको इन्धन प्रयोग गरी पनि चलाउन सकिन्छ । उदाहरणको लागि ३९ मेगावाटको दुहवीको मल्टिफ्युल प्लान्ट डिजेल र लाइट डिजेल आयल (एलडीओ) बाट चलाउन सकिन्छ ।
  • प्रतिमेगावाट लागत रकम पनि कम पर्दछ ।

३. डिजेल इन्जिनका बेफाइदा

  • शक्तिको रूपमा रहेको इन्धन डिजेल साह्रै महँगो पर्दछ । डिजेलको अकाशिँदो भाउले गर्दा नेपालले सामान निर्यात गरेर जति आम्दानी गर्दछ सोभन्दा बढ्ता पेट्रोलियम पदार्थको लागि मात्र रकम खर्च गर्नु पर्दछ । यस प्रकार व्यापार घाटाको यो ठूलो कारक तत्त्व हो ।
  • यसको धुवाँ वायु प्रदूषणका लागि ठूलै समस्या हो । डिजेल प्लान्ट शहरको बीचमा राखिने हुँदा यसको आवाजले मानिसलाई सुत्नै गाह्राे हुन्छ ।
  • सधैजसो चलाउने हो भने यसको आयु १०–१२ वर्षभन्दा बढी हुँदैन ।
  • केही पार्टपूर्जा बिग्रिए आयात गर्नुपर्ने हुन्छ ।

बहु–वैकल्पिक प्रश्न उत्तर

१. इन्जिनको सीसीले साधारणतः के जनाउँछ ? 
    (क) पावर
    (ख) आकार
    (ग) तेल ट्याङ्कको आकार
    (घ) इन्जिनको किसिम
उत्तर : पावर

२. पेट्रोल र डिजेल इन्जिनमध्ये कसको दक्षता बढी हुन्छ ?
    (क) पेट्रोल
    (ख) डिजेल
    (ग) दुवैको एउटै हुन्छ
    (घ) यो भन्न सकिन्न
उत्तरः डिजेल

३. पेट्रोल इन्जिनको कम्बस्टन चेम्बरमा फ्युल पठाउने काम कसले गर्दछ ?
    (क) नोजल 
    (ख) कार्बोरेटर/फ्युल इन्जेक्टर
    (ग) फ्युल पम्प
    (घ) फ्युल फिल्टर
उत्तरः कार्बोरेटर/फ्युल इन्जेक्टर

४. डिजेल पावर पलान्टलाई नेपालमा कुन प्रयोजनको लागि प्रयोग गरिन्छ ?
    (क) बेस लोड
    (ख) पिक लोड
    (ग) स्ट्यान्ड बाइ
    (घ) (ख) र (ग) दुबै
उत्तरः (ख) र (ग) दुबै

५. इन्जिनको बढी दक्षता कति स्ट्रोकको इन्जिनमा हुन्छ ?
    (क) २ स्ट्रोक 
    (ख) ३ स्ट्रोक
    (ग) ४ स्ट्रोक
    (घ) ६ स्ट्रोक
उत्तरः ४ स्ट्रोक

६. १४.१ मेगावाटको हेटौँडा स्थित विद्युत् केन्द्र कुन इन्धनबाट चल्दछ ?
    (क) फर्नेस आयल
    (ख) हल्का डिजेल आयल
    (ग) हाई स्पिड डिजेल
    (घ) एभिएसन फ्युल
उत्तर : हाई स्पीड डिजेल

७. डिजेल ट्याङ्कमा जडान गरिने फोलो मिटरले के काम गर्दछ ?
    (क) तेलको गति नाप्दछ
    (ख) तेलको गुणस्तर चेक गर्दछ
    (ग) तेलको मात्रा रेकर्ड गर्दछ
    (घ) तेलको फोहर फिल्टर गर्ने काम गर्दछ ।
उत्तरः तेलको मात्रा रेकर्ड गर्दछ

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३