विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस २३, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पाल्पा सबस्टेसन तथा प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुश्मा–न्यु बुटवल २२० केभी प्रसारण लाइन अन्तर्गतको टावर नम्बर एपी ५७/० र एपी ५७/१ को बीचबाट शुरू भई करिब ३५० मिटरको दूरीमा पर्ने माडी फाँटमा निर्माण गर्न प्रस्ताव गरिएको पाल्पा सबस्टेसन हुँदै २८५ मिटर दूरीमा पर्ने सोही जिल्लाको कालीगण्डकी–बुटवल १३२ केभी लाइनको टावर नम्बर ०२९/१ र ०३०/० को बीचसम्म कुल ६३५ मिटर लामो प्रसारण लाईन निर्माण गर्ने भएको हो । त्यस्तै, यही आयोजना अन्तर्गत २२०/१३२/३३/११ केभीको पाल्पा सबस्टेसन समेत निर्माण गरिने भएको हो । 

आयोजना अन्तर्गत निर्माण हुने २२० केभी डबल सर्किट लाइनबाट १००० मेगावाटसम्म र १३२ केभी डबलसर्किट लाइनबाट १६८ मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिने जनाएको छ । 

प्रसारण लाइनका लागि ४ वटा टावर निर्माण गरिने र यसका लागि कुल ९.०४ हेक्टर जमिन आवश्यक पर्ने र जम्मा ४ वटा टावर निर्माण गरिने जनाइएको छ । 

आयोजना निर्माणका लागि प्राधिकरणले अनुमति माग्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागले भने आयोजना निर्माण गर्दा उल्लेखनीय वातावरणीय प्रभाव पर्ने भएमा सम्बन्धी जोसुकैले विभाग वा प्राधिकरणमा ३५ दिनभित्र लिखित रायसुझाव पेश गर्न आग्रह गर्दै शुक्रबार सूचना जारी गरेको छ ।

त्यस्तै, आयोजनाको निर्माण ३९ महिनामा पूरा गर्ने प्राधिकरणको लक्ष्य छ ।  
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३