विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ १८, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

सिड्नी । अस्ट्रेलियाको राष्ट्रिय विद्युत् बजारमा कोइलाबाट उत्पादित विद्युत्‌काे हिस्सा ५० प्रतिशतभन्दा कममा सीमित भएको छ । कोइलामा आधारित विद्युत्‌गृहहरूको उत्पादनमा पहिलो पटक यो स्तरको गिरावट आएको अस्ट्रेलियन इनर्जी मार्केट अपरेटर (एइएमओ) ले बिहीबार जानकारी दिएको छ ।

सन् २०२४ को अन्तिम त्रैमासमा तापक्रम बढेसँगै समग्र विद्युत् मागले नयाँ उचाइ कायम गरेको थियो । मानिसहरूले ग्यासको प्रयोग घटाए । रुफटप सौर्य विद्युत्को उत्पादन १८ प्रतिशत तथा ग्रिड जडित सौर्य विद्युत्को उत्पादन ९ प्रतिशतले बढेको छ । यसरी सौर्य विद्युत्को उत्पादनमा समेत अस्ट्रेलियाले पहिलो पटक नयाँ उचाइ कायम गरेको छ ।

‘सौर्य विद्युत् उत्पादनमा उत्पादनमा आएको वृद्धि र कोइलाबाट उत्पादित विद्युत्को उपलब्धता कम भएका कारण अस्ट्रेलियाको राष्ट्रिय विद्युत् बजारमा समग्रतामा कोइलामा आधारित विद्युत्ले ५० प्रतिशतभन्दा कम योगदान गरेको छ,’ एइएमओका वरिष्ठ अधिकारी भायोलेट मुचाइलेहले बताइन् । 

उनका अनुसार उक्त त्रैमासको तथ्याङ्क अनुसार नवीकरणीय ऊर्जा स्रोतबाट देशको कूल मागको समग्रमा ४६ प्रतिशत विद्युत् आपूर्ति गरेको छ । अझ नोभेम्बर ६ को तथ्याङ्क हर्ने हो भने विद्युत्को उच्च माग हुने समय (साँझ–बिहान/पिक आवर) मा कुल विद्युत् मागको ७५.६ प्रतिशत नवीकरणीय ऊर्जा स्रोतको बिजुली आपूर्ति गरिएको थियो । 

यसले अस्ट्रेलियाको हरितगृह ग्यास उत्सर्जनलाई पनि उल्लेख्य रूपमा घटाएको दाबी एइएमओको छ । अस्ट्रेलिया सरकारले गत साता मात्रै जीवाश्म इन्धनबाट नवीकरणीय ऊर्जामा रूपान्तरणको गति बढाउन थप १.२ बिलियन अमेरिकी डलर बराबरको स्वच्छ ऊर्जा वित्त उपलब्ध गराउने घोषणा गरेको थियो । 

कोइला निर्यातहरूको सूचीमा विश्वकै अग्रणी देश अस्ट्रेलियाले सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्य बनाउने लक्ष्य राखेको छ तर कोइलामा आधारित विद्युत्गृहहरू बन्द हुने देखिने विद्युत् अभावको तत्काल पूर्ति गर्न आवश्यक कार्य अघि बढाइहाल्नु पर्ने बताइरहेका छन् । 

एक रिपोर्टका अनुसार विद्युत्को माग उच्च भएको, कोइलामा आधारित विद्युत्को उपलब्धता घटेको तथा विद्युत् प्रसारणमा देखिएका अवरोधहरूका कारण २०२४ मा अस्ट्रेलियाको बजारमा बिजुलीको थोक मूल्यमै ८३ प्रतिशतले बढोत्तरी आएको छ । 

जलवायु परिवर्तन तथा ऊर्जा मन्त्री क्रिस बोवेन भन्छन्, ‘कोइलाको प्रयोग घटाउँदा ऊर्जाको मूल्यमा भइरहेको अविश्वसनीय वृद्धिलाई राष्ट्रिय प्रणालीमा बढ्दो नवीकरणीय ऊर्जा र बन्दै गरेका नयाँ प्रसारण पूर्वाधारहरूले सन्तुलनमा ल्याउन महत्त्वपूर्ण योगदान गर्ने छन् ।’ 

हाल अस्ट्रेलियाले विद्युत् प्रसारण ग्रीड निर्माण गरिरहेको र हरेक क्षेत्रमा सबैलाई कुनै पनि समयमा सस्तो र भरपर्दो बिजुली उपलब्ध गराउने उनले अस्ट्रेलियाली सञ्चार माध्यमसँग बताएका छन् । 

‘जलवायु युद्ध (क्लाइमेट वार)’ भनिने वैचारिक द्वन्द्वले गएको दशक अस्ट्रेलियाली राजनीतिलाई प्रभावित गर्दा कार्बन उत्सर्जन घटाउने प्रतिबद्धतालाई बारम्बार असर पारेको थियो । 

मे १७ सम्ममा आयोजना हुनुपर्ने आम निर्वाचनका दौरान अस्ट्रेलियाली कन्जर्भेटिभ विपक्षी दल लिबरल पार्टीले सौर्य तथा वायु ऊर्जा माथिको निर्भरता कम गर्न न्युक्लियर (नाभिकीय) ऊर्जा योजना सुरु गर्ने घोषणा गरेको छ । जबकि, त्यहाँको द नेशनल साइन्स एजेन्सी विज्ञान संस्था (सिएसआइआरओ) ले आफ्नो एक प्रतिवेदनमा उल्लेख गरेको छ, ‘न्युक्लियर ऊर्जा नवीकरणीय ऊर्जाभन्दा ५० प्रतिशत बढी महँगो हुने छ र निर्माण गर्न १५ वर्ष लाग्ने छ ।’

अस्ट्रेलियामा कोइला, ग्यास, धातु तथा खनिजको भण्डार पर्याप्त छ । जसले यस देशको अविच्छिन्न आर्थिक वृद्धिदरलाई अघि बढाइरहेको छ । यद्यपि, अधिक सुक्खा तथा तीव्र गतिको वन डढेलोको सामना पनि यो देशले खेप्नुपरिरहेको छ । यसलाई वैज्ञानिकहरूले जलवायु परिवर्तनसँग जोडेर विश्लेषण गर्ने गरेका छन् । (एएफपीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३