विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ‘ऊर्जा ज्ञान’ स्तम्भ अन्तर्गत यो साता –कात्तिक २३ गते) विद्युत् प्रवाहका विविध आयामबारे जानकारी दिने प्रयास गरेका छौँ । अघिल्लो साता डिजेल इलेक्ट्रिक पावर प्लान्टको फाइदा र बेफाइदाबारेमा उल्लेख गरेका थियौँ ।

१. हिटरको क्वायल साधारणतः कति वाटको हुन्छ र यो किन चाँडै खराब हुन्छ ?

उत्तरः हिटरको क्वायल विभिन्न वाटको पाइन्छ । जस्तैः ५०० वाट, १००० वाट, १५०० बाट, २००० बाट आदि । हिटर राम्रो गुणस्तर (क्वालिटी) को किन्नु पर्दछ, कमसल किसिमको भयो भने बराबर जलिरहन्छ । क्वायललाई माटोको हिटरको प्लेटमा राख्दा सबै ठाउँमा एकनासले तन्काएर राख्नु पर्दछ । एकनासको तन्किएन भने बढी गुजमुज्ज परेको ठाउँमा बढी तात्ने भई त्यही ठाउँमा हिटरको क्वायल जल्दछ ।

हिटरको वाट                        फूललोड करेन्ट (करिब)
५०० वाट                                 २.५ एम्पिएर
१००० वाट                                ५ एम्पिएर
१५०० वाट                                ७.५ एम्पिएर
२००० वाट                                १० एम्पिएर

बलिरहेको हिटरमा पानी बराबर परिरह्यो भने पनि क्वायल चाँडै जल्दछ । वाफबाट पनि करेन्ट लाग्ने हुनाले हिटरमा पानी पर्ने वित्तिकै राखेको भाँडोलाई हातले छोएमा करेन्ट लाग्दछ ।

२. मिटरबक्समा रहेको वा अन्य एमसीबी कहिलेकाहीँ ‘अन’ गर्ने वित्तिकै तुरुन्त ‘अफ’ हुन्छ, कारण के हुन सक्दछ ?

उत्तरः (क) वायरिङ सर्ट भएको हुनु पर्दछ ।

(ख) एक छिनपछि अफ भयो भने एमसीबीको क्षमताले भ्याएन भन्ने बुझ्नु पर्दछ । अर्को बढी क्षमताको एमसीसीबी राखे पनि हुन्छ तर सो गर्नुभन्दा अगाडि वायरिङको तारको क्षमता एमसीबीको क्षमताभन्दा बढी नै हुनु पर्दछ, भन्ने बिर्सनु हुँदैन ।
(ग) कहिलेकाहीँ गाईगोठ वा अन्य ठाउँमा बत्तीको लाइन लैजान निकै लामो मसिनो तार (रातो÷कालो वा यस्तै) प्रयोग गरिएको हुन्छ । यो तारको पुछार सर्ट भयो भने तुरुन्तै एमसीबी अफ नहुन पनि सक्दछ तर एकछिन पछि हुन्छ । यसको कारणमा सो तारको रेजिस्टेन्स धेरै भएर हो ।
३. स्वीच अफ गर्दा पनि टेस्टरले हिटरको क्वायल छोयो भने टेस्टरको बत्ती बल्दछ, कारण के होला ?
उत्तरः (क) सो हिटरको स्वीच फेजमा राख्नु पर्नेमा निउट्रलमा राखेर यो समस्या देखिएको हो ।
(ख) मधुरो बत्ती बल्दछ भने ट्रान्सफरमको निउट्रलको अर्थिङ राम्ररी भएको छैन वा समय बित्दै जाँदा ट्रान्सफरमको अर्थिङले राम्ररी काम गर्न छाड्यो भन्ने बुझ्नु पर्दछ । 
(ग) ट्रान्सफरमर निउट्रलमा धेरै करेन्ट बग्न गयो भने पनि निउट्रललाई टेस्टरले छुँदा मधुरो बत्ती बल्न सक्दछ । 

बहु–वैकल्पिक प्रश्नहरू

१. ट्रान्सफर्मर कुन सिद्धान्तमा आधारित छ ?
    (क) ल अफ इलेट्रोम्याग्नेटिक इन्डक्सन
    (ख) ओम ल
    (ग) लेन्ज ल
    (घ) माथि उल्लेखित कुनै पनि होइन 
उत्तरः ल अफ इलेट्रोम्याग्नेटिक इन्डक्सन

२. भोल्टमिटरले विद्युत् उत्पादन गर्ने जेनेरेटरको इएमएफ नाप्दा जेनेरेटरमा ... ...
    (क) फुल लोड दिनु पर्दछ ।
    (ख) आधा लोड दिनु पर्दछ ।
    (ग) लोड दिनु हुँदैन ।
    (घ) लोड दिए/नदिए केही फरक पर्दैन ।
उत्तरः लोड दिनु हुँदैन

३. काइँयोले केश कोर्दा काइँयोमा एक प्रकारको विद्युत् उत्पन्न हुन्छ, यो कुन प्रकारको विद्युत् हो ?
    (क) एसी
    (ख) डीसी
    (ग) स्टाटिक
    (घ) माथिका कुनै पनि होइनन् ।
उत्तरः स्टाटिक 

४. फ्रिक्वेन्सीको इकाई कुन हो ?
    (क) हर्ज
    (ख) हेनरी
    (ग) ओम
    (घ) फराड
उत्तरः हर्ज

५. सेरिजमा ब्याट्री जोड्दा टोटल भोल्टेज कति हुन्छ ?
    (क) घट्दछ
    (ख) बढ्दछ
    (ग) पहिले जति नै हुन्छ 
    (घ) शून्य हुन्छ
उत्तरः बढ्दछ

६. सेलहरूको सेरिज जडान किन गरिन्छ ?
    (क) भोल्टेज क्षमता बढाउन
    (ख) करेन्ट क्षमता बढाउन
    (ग) सेलको आयू बढाउन 
    (घ) माथिका सबै
उत्तरः भोल्टेज क्षमता बढाउन

७. घरको वायरिङमा बल्ब, हिटर आदि लोडहरूलाई कुन प्रकारको कनेक्सनमा राखिएको हुन्छ ?
    (क) क्रमिक (सेरिज)
    (ख) समानान्तर (पारालल)
    (ग) डेल्टा
    (घ) स्टार
उत्तरः समानान्तर (पारालल)
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३