विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ८, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत  यो साता हामीले विद्युतीय गाडी र त्यसको फाइदा एवम् बेफाइदाका विषयमा जानकारी दिने प्रयास गरेका छौँ । अघिल्लो साता विद्युत् प्रसारण र वितरणसहित विविध विषयमा जानकारी दिने प्रयास गरेका थियौँ ।

१. विद्युतीय गाडी

विद्युतीय गाडी अर्थात् ब्याट्रीबाट चल्ने गाडी हिजोआज बहुचर्चित भएको छ । यसलाई ‘इलेक्ट्रिक भेहिकल’ तथा छोटकरीमा ‘ई.भी.’ पनि भन्ने गरिन्छ । पछिल्ला वर्षहरूमा नेपालले विभिन्न वस्तु निर्यात गरेर गर्ने कुल आम्दानी रकमभन्दा बढीको पेट्रोलियम पदार्थको आयातमा खर्च गरिरहनुपरेको छ । यसै परिपे्रक्षमा ब्याट्रीलाई चार्ज गर्ने विद्युत शक्ति आफ्नै देशमा उत्पन्न हुने भएकोले नेपालमा यसको प्रयोग व्यापकरूपमा बढाउन जरुरी छ ।

२. विद्युतीय गाडीका फाइदाहरू

  • शून्य प्रदूषणः यसमा जैविक इन्धन (पेट्रोल वा डिजेल) प्रयोग नभई विद्युत् ऊर्जा उपयोग हुने भएकोले यो प्रदूषणरहित छ । कतिपय देशमा विद्युत् शक्तिको स्रोत डिजेल वा कोइला भएकोले ई.भी. चार्ज गर्न चाहिने विद्युत् पनि यही स्रोतबाट आउने भएकोले यस्ता देशहरूको हकमा यसलाई ‘प्रदूषणमुक्त’ भन्न नसकिने भन्ने पनि धेरै छन् । तर नेपालमा विद्युतको स्रोत पानी भएकोले त्यस्तो स्थिति छैन ।
  • पुनः प्रयोग गर्न सकिने :  आधुनिक ई.भी. मा प्रयोग गरिने लिथियम आयन ब्याट्रीलाई पूरै रिसाइकल गर्न सकिने हुनाले कसरी र कहाँ फाल्ने होला भन्ने समस्या छैन ।
  • कम मर्मत लागत : पुर्जाहरू कम हुने भएकोले सञ्चालन र संभारमा खर्च कम लाग्दछ ।
  • ध्वनि प्रदूषण शून्य : पेट्रोल वा डिजेल गाडीको तुलनामा यसवाट हुने ध्वनि प्रदूषण शून्य बराबर नै हुन्छ ।
  • नेपालका लागि अति उपयुक्त : खास गरेर काठमाडौँ उपत्यकामा गुड्ने अत्यधिक पेट्रोलियम गाडीका कारण वायू प्रदुषण बढी हुने भएकाले यस्ता ठाउँका लागि ई.भी. निकै उपयोगी छ ।  नेपालमा पेट्रोलियम पदार्थको उत्पादन छैन, आयातमै भरपर्नुपर्ने स्थिति छ तर ब्याट्रीलाई चार्ज गर्न आवश्यक विद्युत् शक्ति स्वदेशमै उत्पादन हुन्छ । त्यसो हुँदा यो नेपालका लागि अति उपयुक्त हुन्छ ।

३. विद्युतीय गाडीका बेफाइदारू :

  • कम दूरीः डिजाइन अनुसारको निश्चित दूरी पार गरेपछि ब्याट्रीलाई पुनः चार्ज गर्नु पर्दछ । चार्ज गर्न समय लाग्ने भएकोले पर्खनुपर्ने हुन्छ । यस्तो समस्या खास गरेर लामो दूरीको हिँडाइमा पर्दछ । यो समस्या हटाउन सम्बन्धित निकायहरू मिली ठाउँ–ठाउँमा प्रशस्त मात्रामा आधा घण्टामा चार्ज गर्न सकिने फास्ट चाजिङ स्टेशनहरू बनाइदिनु पर्दछ ।
  • ब्याट्रीको तौलः गाडीले दिने माइलेज अनुसार गाडीको तौलको २० देखि ३० प्रतिशतसम्म ब्याट्रीको तौल हुने भएकोले गाडीको भारवहन क्षमता कम हुन जान्छ । माइलेज बढी दिन ब्याट्रीको तौल पनि बढाउनु पर्ने हुन्छ ।
  • मूल्यः पेट्रोल वा डिजेल गाडीको तुलनामा यो महँगो छ । महँगो हुनुको कारण उत्पादन कम भएर पनि हो । उत्पादन कम हुनुको कारण माग कम भएर हो ।

वहु–वैकल्पिक प्रश्नहरू

१. केही कारणले सबस्टेशन/विद्युत् गृहमा डाइरेक्ट करेन्ट आपूर्ति अवरुद्ध (डीसी सप्लाइ फेल) भयो भने के हुन्छ ?

(क) केही फरक पर्दैन
(ख) इमर्जेन्सी बत्ती बल्दैन
(ग) संरक्षण प्रणालीले काम गर्दैन
(घ) (ख) र (ग) दुवै

उत्तरः (ख) र (ग) दुवै

२. कुन उपकरण प्रयोग गरेर पावर फ्याक्टरमा सुधार ल्याउन सकिन्छ ? 

(क) इन्डक्शन मोटर
(ख) इन्डक्टर 
(ग) क्यापेसिटर
(घ) रेसिस्टर

उत्तरः क्यापासिटर

३. सबभन्दा बढी दक्षतायुक्त कुन बत्ती हो ?

(क) साधारण चिम
(ख) सीएफएल
(ग) ट्युब लाइट
(घ) एलईडी

उत्तरः ट्यूब लाइट

४. भीएआरले कस्तो पावरलाई बुझाउँछ ?

(क) सक्रिय
(ख) प्रतिक्रियाशील
(ग) प्रतिरोधी
(घ) इनडक्टिभ

उत्तरः प्रतिक्रियाशील
(नोटः भीएआर = रिक्टिभ पावर)

५. निम्न लिखित मेसिनमध्ये सबभन्दा बढी दक्षता भएको मेशिन कुन हो ?

(क) अल्टरनेटर
(ख) इन्डक्शन मोटर
(ग) ट्रान्सफर्मर
(घ) डीसी जनेरेटर

उत्तर : ट्रान्सफर्मर

६. दक्षता धेरै कम भएकाले कम मात्रामा प्रयोग हुन थालेको साधारण बल्बको फिलामेण्ट केले बनेको हुन्छ ?

(क) चाँदी
(ख) कार्बन
(ग) टंगस्टन
(घ) स्टिल

उत्तरः टंगस्टन

७. एसीलाई डीसीमा रुपान्तरण गर्ने मुख्य उपकरणको नाम के हो ?

(क) म्याग्नेटोमिटर
(ख) ग्याल्भानोमिटर
(ग) रेक्टिफायर
(घ) मिनी ट्रान्सफर्मर

उत्तरः रेक्टिफायर

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३