विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी गरिरहेको बताए । मंगलबार नेपाल एलपी ग्यास उद्योग संघको २८औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘धितोपत्र निष्कासन नियमावली अनुसार कम्तिमा दुई आर्थिक वर्ष फाइदा भएपछि मात्रै सेयर निष्कासन गर्ने व्यवस्था छ,’ उनले भने, ‘ निगम गत वर्ष पनि नाफामा थियाे, अब जनताकै स्वामित्व बनाउने हो, विभिन्न प्रक्रियागत तयारीहरू गर्नुपर्ने भएकाले सर्वसाधारणलाई सेयरधनी बनाउन केही समय लाग्नेछ ।’ निगमले असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेकाले अब दिनमा निगम नाफामै सञ्चालन हुने बताए ।

ग्यास व्यवसायीहरूप्रति आयल निगम निर्मम हुने सोचमा नरहेको थानीको भनाइ छ । सरकारले व्यवसायीका माग समयसापेक्ष रुपमा सम्बोधन गर्ने बताए ।

नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले एलपी ग्याँसको मूल्य अचानक बढ्दा व्यवसायीलाई समस्या भइरहेको बताए । उनले व्यवसायमा लागत अनुसारको मुनाफा आवश्यक हुने भन्दै आयात र मूल्य सरकारको नियन्त्रणमा हुँदा एलपी ग्याँस उद्योगले विभिन्न समस्या भोग्नुपरेको बताए । ग्यास उद्योगीलाई प्रतिसिलिण्डर नाफा १० वर्ष अगाडिजत्तिकै ३२ रुपैयाँ अहिलेसम्म कायम रहेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३