विद्युत अपडेट

  • प्राधिकरण : ८४७२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३५६१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२७९ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२४३६ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८३१२ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६१ मे.वा.
२०८३ कार्तिक ३, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बडादशैँको अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ । 

यससमयमा औद्योगिक तथा व्यावसायिक गतिविधि कम हुने भए पनि घरपरिवार, धार्मिक स्थल, बजार तथा सार्वजनिक क्षेत्रमा खपतको प्रकृति फरक हुने भएकाले सुरक्षित र भरपर्दो प्रणाली सञ्चालनतर्फ चासो दिइएको हो ।

कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय वितरण केन्द्र प्रमुखसँग छलफल गरी आपूर्तिमा अवरोध हुन नदिन आवश्यक तयारी गर्न निर्देशन दिए ।

कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् आपूर्तिमा अवरोध भइहालेमा तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न निर्देशन दिए । ‘प्रसारण लाइन तथा वितरण प्रणाली निरीक्षण र मर्मतसम्भार गर्न बाँकी भएमा तत्काल सम्पन्न गरी आपूर्तिमा हुने सम्भावित अवरोध न्यूनीकरण गर्न,’ उनले भने ।

दशैँको समयमा आपूर्ति सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न ‘नो लाइट’ सेवामा प्राप्त हुने फोन उठाउने र गुनासो व्यवस्थापन थप प्रभावकारी बनाउनसमेत निर्देशन दिइएको छ । प्राधिकरणले माग तथा आपूर्ति अवस्थाको निगरानी गर्दै प्रणालीमा समस्या आउन नदिन आवश्यक सतर्कता अपनाएको छ ।

दशैँभर आपूर्ति नियमित बनाउन सम्बन्धित कार्यालय तथा प्राविधिक टोलीलाई आवश्यक समन्वय र तयारीसहित परिचालनको व्यवस्था गरिएको छ । यस्तै, चाडपर्वको समयमा विद्युत्को सुरक्षित प्रयोग गर्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।

घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न तथा विद्युत् चुहावट वा तारमा समस्या देखिएमा आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र गराउन प्राधिकरणले अनुरोध गरेको छ । आपूर्ति सम्बन्धी समस्या वा गुनासो भएमा नजिकको वितरण केन्द्र वा सम्बन्धित ‘नो लाइट’ सेवामा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३