विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नवलपरासीको सुनवलस्थित बडेरामा निर्माण भएको २२० केभी न्यू बुटवल सबस्टेसन १३२ केभीमा सञ्चालन गरिने भएको छ । कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजना अन्तर्गतत निर्माण भएको सबस्टेसन सम्पन्न भइसकेकाले १३२ केभीमा सञ्चालन गर्न लागिएको हो ।

२२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्ड सम्पन्न भइनसकेकाले सबस्टेसन १३२ केभीमा सञ्चालन गर्ने अन्तिम चरणमा पुगेको आयोजना प्रमुख विश्वरञ्जन मिश्रले बताए । उनका अनुसार अहिले चालु अवस्थामा रहेको १३२ केभी बुटवल–वर्दघाट प्रसारण लाइन मार्फत ‘लुप इन लुप आउट’ गरी सबस्टेसन चार्ज हुनेछ ।

‘प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्ड सम्पन्न गर्न अझै समय लाग्ने देखिन्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘बनिसकेको संरचना उपयोगमा ल्याउनकै लागि १३२ केभीमै भए पनि सञ्चालन गरौं भनेर तयार गरिरहेका छौं ।’ उनले सम्भव भएसम्म भदौभित्र सबस्टेसन सञ्चालनमा आउने बताए ।

सबस्टेसन सञ्चालनमा ल्याउनका लागि आवश्यक उपकरण ल्याइसकिएको उनले बताए । ‘लुप इन लुप आउट’ को व्यवस्था मिलाउन चालू अवस्थाको प्रसारण लाइन ५ दिन बन्द गरिने पनि उनले बताए । नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रले लाइन बन्द गर्ने अनुमति दिएपछि काम सुरु गरिने मिश्रले जानकारी दिए ।

यो सबस्टेसनको क्षमता २२०/१३२/३३ केभी छ । सबस्टेसनमा १ सय एमभिए क्षमता पावर ट्रान्सफर्मर जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थान निर्देशनालय अन्तर्गत एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सबस्टेसन निर्माण भएको हो ।

कोरिडोरको २२० केभी न्यू बुटवल–बर्दघाट प्रसारण लाइन निर्माणका लागि विद्युत विकास विभागबाट अनुमतिपत्र पाउने प्रक्रिया अन्तिम चरणमा पुगेको मिश्रले बताए । वन क्षेत्रको रुख कटानको अनुमतिको प्रस्ताव मन्त्रिपरिषदबाट पारित हुन बाँकी छ । प्रसारण लाइनको रुटमा ९ हजार रुख कटान गर्नुपर्ने देखिएको छ ।

पहिले यो भन्दा बढी रुख काटिने अवस्था आएपछि रुट परिमार्जन गरेर काट्नु पर्ने रुखको संख्या घटाउन सकिएको आयोजनाले जनाएको छ । यो खण्डको अध्ययन तथा टावर डिजाइनको काम आयोजनाले पूरा गरिसकेको छ ।

निर्माण अनुमतिपत्र लिने तथा वन क्षेत्रको रुख कटानीको स्वीकृति मन्त्रीपरिषदबाट अनुमोदन भएपछि संरचना बनाउने काम सु गरिने मिश्रले बताए । प्रसारण लाइन निर्माणका गर्न ६० करोड रुपैयाँ लागित अनुमान गरिएको छ ।

कोरिडोर अन्तर्गत प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्ड अहिले निर्माणाधीन छ । यो खण्डको ६० प्रतिशत बढी निर्माण पूरा भइसकेको छ । अबको एक वर्षभित्र यो प्रसारण लाइन सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्य छ । प्रसारण लाइनको दाना–कुस्मा खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit