विद्युत अपडेट

  • प्राधिकरण : ८७५८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ११४२७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७९९९ मे.वा.घन्टा
  • आयात : ४१०१ मे.वा.घन्टा
  • निर्यात : ६३१७ मे.वा.घन्टा
  • ट्रिपिङ : ६५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५२३५१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८० मे.वा.
२०८३ जेठ ६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङ जिल्लाको सिउरी खोलामा ४.९५ मेगावाटको सिउरी खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चाल गरिरहेको ङादी ग्रुप पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले भदौ ८ गते विद्युत नियमन आयोगबाट १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो ।

चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २ सय २२ रुपैयाँ रकमको १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको कम्पनीले जनाएको छ । कम्पनीले संचालित आयोजनाको मर्मत संभार गर्न, आयोजनामा लगानी गर्न तथा लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी सृजना गरी राष्ट्रिय पूँजी बृद्धि गर्न आयोजनाको सञ्चालित मुनाफा, बैंक ऋण लगायतका बैकल्पिक स्रोतबाट मात्रै सम्पूर्ण रकम जोहो गर्न नसकिने भएकाले सो का लागि हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको ४.९५ मेगावाटको सिउरीखोला जलविद्युत आयोजनाले २०६९ साल असोज ३० गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३