काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले घलेम्दी हाइड्रो लिमिटेडलाई १ः२ को अनुपातका हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले असोज (१८ गते) कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीले १ः२ को अनुपातमा हुन आउने सय रुपैयाँ अंकितका दरले १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । अब कम्पनीले छिटै सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।
कम्पनीले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दी खोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ ।