विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बिन्ध्याबासिनी हाइड्रो पावर र दोर्दी जलविद्युत कम्पनीलाई सेयर निष्कासन अनुमति दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन अनुमति दिएको हो ।

बिन्ध्याबासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता र दोर्दी जलविद्युत कम्पनीले २९ करोड ५१ लाख ९ हजार २ सय ९० रुपैयाँ बराबरको २९ लाख ५१ हजार २९ कित्ता साधारण सेयर निष्कासन अनुमति पाएको हो ।

दोर्दी जलविद्युत कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीको लमजुङमा निर्माणाधीन १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजना निर्माण गरीरहेको छ । आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

यस्तै, बिन्ध्याबासिनी हाइड्रो पावरको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिेटडलाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरीररहेको छ । कम्पनीको ८.८ मेगावाटको रुदी खोला–ए र ६.६ मेगावाटको रुदी खोला–बी जलविद्युत केन्द्रले विद्युत उत्पादन गरीरहेका छन् ।

दुवै कम्पनीले चरणमा आयोजना प्रभावित स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गर्नेछन् । दोस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit