विद्युत अपडेट

  • प्राधिकरण : ७८८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२४५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३२८८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १९६२९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६३६३१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९९ मे.वा.
२०८२ साउन २२, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले संखुवासभामा निर्माण हुने ३७.७ मेगावाटको इसुवा खोला क्यासकेड अर्धजलाशय (पिआरओआर) जलविद्युत् आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । प्राधिकरण र आयोजनाको प्रवर्द्धक इसुवा इनर्जी प्रालिबीच सोमबार पिपिएमा हस्ताक्षर भएको हो ।

सम्झाैतामा प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कम्पनीका अध्यक्ष विक्रम विष्टले हस्ताक्षर गरेका छन् । पिपिएअनुसार प्राधिकरणले आयोजनाबाट उत्पादन हुने विद्युत हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ४.८० रुपैयाँमा खरिद गर्नेछ ।

इसुवा अर्धजलाशय आयोजना भए पनि नदी प्रवाही आयोजना सरह नै पिपिए भएको प्राधिकरण विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए । उनका अनुसार इसुवा क्यासकेड आयोजना भएकाले नदी प्रवाही आयोजना सरह पिपिए गरिएको छ । आयोजनाले ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले पिपिएमा स्कालेसन पाउनेछ ।

यो आयोजना ९७.२ मेगावाटको इसुवा खोलाको क्यासकेड आयोजनाकाे रूपमा हो । आयोजनामा लगानी जुटाउने विषयमा केही बैंकहरूसँग छलफल भइरहेकाे र उत्पादन अनुमतिपत्र लिने प्रक्रिया पनि अगाडि बढाइएकाे कम्पनीका अध्यक्ष विष्टले बताए । ‘अनुमतिपत्र हात परेपछि निर्माण सुरु गर्ने याेजना छ, हामी ताेकिएकाे अवधि अगाडि नै विद्युत् उत्पादन गर्ने गरी याेजना बनाएका छाैं,’ उनले ऊर्जा खबरसँग भने, ‘आयोजनामा इलेक्ट्रो मेकानिकलतर्फ जर्मन कम्पनी डब्लूकेभीका उपकरण जडान गरिनेछ ।’

प्रतिमेगावाट लागत करिब १३ करोड रुपैयाँ अनुमान गरिएकाे आयोजनाबाट २०८० साल चैत ३० गतेदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाले उत्पादन गर्ने विद्युत विद्युतगृहदेखि १५ किलोमिटर टाढा शीतलपाटी सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्वक प्रसारण लाइन कम्पनीले निर्माण गर्नेछ । आयोजनाले वार्षिक ६.१ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३