विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घको २१औँ वार्षिकोत्सव

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मन्त्री खड्काले माओवादी सशस्त्र द्वन्द्वकालमा ग्रामीण विद्युतीकरणका लागि सामुदायिक विद्युत् उपभोक्ता संस्थाहरूले पुर्‍याएको योगदानलाई बिर्सिनु नहुने बताएका छन् । देशका विकट तथा दूरदराजसम्म विषम परिस्थितिको सामना गर्दै ती संस्थाहरूले विद्युत्को पहुँच पुर्‍याउन योगदान गरेकोले उक्त कार्यको कदर गर्नुपर्ने उनको भनाइ थियो । 

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामुदायिक संस्थाहरूलाई विद्युतीकरणमा एक ढिक्का भएर अघि बढाउन महासंघको भूमिका महत्त्वपूर्ण भूमिकाको उच्च सम्मान गर्नुपर्ने बताए । भविष्यमा पनि यस्ता प्रयासलाई संस्थागत गर्दै अघि बढाउन आवश्यक रहेको उनले भनाइ थियो । 

कार्यक्रममा उनले सामुदायिक तहमा सञ्चालित विद्युत् आयोजना तथा परियोजनाहरू मध्ये समुदायले सञ्चालन गर्न नसकेका आयोजना वा संस्थालाई नेपाल विद्युत् प्राधिकरणमार्फत व्यवस्थापन गर्दै लैजानुपर्नेमा जाेड दिए । 

नेपालको विद्युत् विकासलाई जनअपेक्षा अनुसार परिणामखुदी बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उनले बताए । ‘हामीसँग पर्याप्त स्रोत छन्, केही चुनौती छन्, तर सबैले मिलेर अघि बढ्ने हो भने विद्युत् क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिन्छ,’ उनले भने । 

पछिल्लो समय भारत र चीनले विद्युत् क्षेत्रमा तीव्र विकास गरिरहेको सन्दर्भमा नेपालले पनि छिमेकी राष्ट्रको विकासको त्यही गति  पच्छ्याउँदै गुणस्तरीय ऊर्जा पूर्वाधार विकासमा अघि बढ्नुपर्ने उनको धारणा थियो । 

कार्यक्रममा पूर्व उर्जामन्त्री दीपक ज्ञवाली, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, ऊर्जा सचिव सुरेश आचार्य, र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायतले सामुदायिक विद्युत् प्रवर्द्धनमार्फत ग्रामीण विद्युतीकरणमा महासङ्घले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले हालसम्म ३०० भन्दा बढी सामुदायिक संस्थामार्फत करिब ६ लाख घरधुरीमा विद्युत् पहुँच पुर्‍याइएको जानकारी दिए । उनका अनुसार समुदायबाट सङ्कलित झण्डै २ अर्ब रुपैयाँ बराबरको लगानीमा विद्युत् ग्रामीण विद्युतीकरणका आवश्यक वितरण पूर्वाधारहरू विकास तथा निर्माण गरिएका छन् । 

कार्यक्रममा सामुदायिक विद्युतीकरणमा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न संस्था तथा सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३