विद्युत अपडेट

  • प्राधिकरण : ८१६० मे.वा.घन्टा
  • सहायक कम्पनी : ५३५९ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७४८२ मे.वा.घन्टा
  • आयात : १०६७२ मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३११० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४७८३ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २१०८ मे.वा.
२०८२ जेठ १, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा खबरले मधेश प्रदेश संयोजकमा पत्रकार सन्तोषकुमार मिश्रलाई नियुक्त गरेको छ । करिब २ दशकदेखि पत्रकारितामा सक्रिय उनलाई मधेश क्षेत्रको ऊर्जा विकासका सम्भावना तथा समस्यामा केन्द्रित रहेर कलम चलाउने गरी नियुक्त गरिएको हो ।

संयोजक मिश्रलाई ऊर्जा खबरका सल्लाहाकारसमेत रहेका उद्यमी तथा लेखक जीवा लामिछानेले विशेष समारोहका बीच खादा लगाएर स्वागत गरे । ऊर्जा खबरले लामो समयदेखि तथ्यमा आधारित विश्वसनीय पत्रकारिता गर्दै आएकै कारण विज्ञ सल्लाहकारहरुको समूहसमेत यसमा आवद्ध रहेको भन्दै यो शाखलाई जोगाएर काम गर्न प्रेरित गरे ।

कार्यक्रममा उपस्थित ऊर्जा खबरका विशेष सम्पादकसमेत रहेका ऊर्जा उद्यमी सूर्यप्रसाद अधिकारी र ऊर्जा खबरका सम्पादक लक्ष्मण वियोगीले उनलाई मधेश क्षेत्रको समग्र ऊर्जा विकासका विषय समेटेर सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

२०६० सालदेखि राजनीति. अपराध अनुसन्धानसहितका क्षेत्रमा कलम चलाउँदै आएमा मिश्र नेपाल पत्रकार महासंघ एसोसियट प्रदेश समितिका सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३