विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । भदौ १० गते आएको भीषण बाढीका कारण अपर त्रिशूली ३ 'बी' जलविद्युत् आयोजनामा परामर्श सेवामा कार्यरत ४५ जना कर्मचारीहरू सम्पर्कविहीन भएका छन् । उनीहरूको तत्काल उद्धार गर्न चिलिमे इन्जिनियरिङ्ग एण्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) ले अपिल गरेको छ ।

आयोजना सुपरिवेक्षण परामर्शदाताको रूपमा कार्य गरिरहेको चेस्कोका १२ जना र अन्य ३३ जना गरी कुल ४५ जना कर्मचारीहरू बाढी आएयता सम्पर्कमा नरहेको जानकारी दिइएको छ । आयोजनास्थलबाट प्राप्त जानकारी अनुसार सम्पर्कविहीन भएका कर्मचारीहरू बाढी आउने समयमा पावरहाउस, सर्जसाफ्ट, क्याम्प साइट तथा आसपासका प्रभावित क्षेत्रहरूमा कार्यरत थिए। बाढीका कारण स्थलमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले ती क्षेत्रहरूमा रहेका कर्मचारीहरूको वास्तविक स्थिति अझै अज्ञात छ ।

समय अत्यन्तै संवेदनशील भएकाले ४५ जना कर्मचारीहरूको जीवनरक्षाका लागि नेपाल सरकार, नेपाली सेना तथा सम्बन्धित सुरक्षा निकायलाई तत्काल खोज तथा उद्धार कार्यलाई सर्वोच्च प्राथमिकता दिन आग्रह गरिएको छ । स्थलमार्गबाट पहुँच सम्भव नभएकाले हेलिकप्टरमार्फत उद्धार टोली तत्काल परिचालन गर्न र आवश्यक आधुनिक उपकरण प्रयोग गरी खोजी कार्यलाई अघि बढाउन विशेष माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३