विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग बढ्न थालेपछि पेट्रोलियम पदार्थबाट चल्ने गाडीको प्रयोग र आयात घट्न थालेको छ । सरकारले उत्पादित विद्युत खपत बढाउन विद्युतीय सवारी, चुलो, उद्योगलाई प्राथमिकतामा राखेसँगै सर्वसाधारणले बिजुलीबाट चल्ने स्कृटर, बाइक, कारको प्रयोग गर्न थालेका छन् ।

विगतमा विद्युतीय सवारीप्रति सकारात्मक सोच नभएपनि अहिले उपभोक्ताले विद्युतीय सवारीको रेञ्ज, प्रस्तुती बुझेपछि यसको आयातसँगै प्रयोग पनि बढ्दै गएको छ । अहिले नेपाल विद्युत प्राधिकरणसँगै निजी क्षेत्रले पनि विभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माण गरिरहेका छन् । सञ्चालन खर्च पनि न्यून, विद्युतीय सवारी खरिद गर्नका लागि बैंकबाट कर्जा लिन पनि सजिलो भएको छ, यसै कारणले गर्दा ग्राहकको चासो बढ्दै गएको छ ।

देशभर पेट्रोलियम पदार्थको जिम्मा पाएको नेपाल आयल निगमले नै तीन वटा विद्युतीय कार सञ्चालन गरिरहेको छ । सरकारी तथा निजी क्षेत्रबाट यसको विकासका लागि विभिन्न योजना तथा प्रवर्द्धनको काम भइरहँदा यसको आयात पनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष (आव) २०७९/८० को ११ महिनामा मात्र ३८७० विद्युतीय सवारी साधन आयात भएका छन् । आवको साउनदेखि जेठसम्ममा ११ अर्ब २३ करोड ७३ लाख ९२ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जेठ महिनामा मात्र २ अर्ब ८७ करोड ७० लाख ३२ हजार रुपैयाँ बराबरको ९१५ वटा विद्युतीय सवारी (कार, भ्यान, जिप) आयात भएको छ । विभागको अनुसार यस अवधीमा सबैभन्दा धेरै १०० किलोवाट भन्दा कम ब्याट्री पावरका विद्युतीय सवारी आयात भएका छन् ।

१०० किलोवाट भन्दा कम ब्याट्री पावरका ३ हजार ७ सय ७८ वटा विद्युतीय सवारी आयात भएका छन् । यस्तै, १०० देखि २०० किलोवाट क्षमताका ८५ वटा र २०० देखि ३०० किलोवाट क्षमताका ७ वटा विद्युतीय सवारी आयात भएका छन् ।

घट्यो पेट्रोलियम पदार्थको आयात

गत आवको तुलनामा पेट्रोलियम पदार्थको पनि घटेको छ । यो आवको ११ महिनामा मात्र ६२ करोड ११ लाख २७ हजार किलोलिटर पेट्रोल र १ अर्ब २२ करोड ६२ करोड ९८ हजार किलोमिटर डिजेल आयात भएको विभागको तथ्यांकमा छ । गत वर्ष यही अवधिमा ६७ करोड ८६ लाख ७२ हजार किलोमिटर पेट्रोल र १ अर्ब ६० करोड २४ लाख ८ हजार किलोमिटर डिजेल आयात भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit