images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दैनिक २ लाख ६५ हजार ब्यारेल तेल उत्पादन गर्ने अफ्रिकी देश कंगो पेट्रोलियम पदार्थ निर्यातकर्ताहरूको संगठन (ओपेक)बाट बाहिरिएको छ । साउदीकाे तेल उत्पादक समूहले सन् २०२४ मा तेल उत्पादन क्षमता वृद्धि गर्न दबाव दिएपछि कंगाे ओपेकबाट बाहिरिने निर्णय गरेकाे हाे ।

समूहले सन् २०२४ मा थप १२ ब्यारेल तेल उत्पादन गर्न दबाब दिएपछि कंगाे ओपेकबाट बाहिरिएकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । कंगाेले अहिले दैनिक २ लाख ६५ हजार ब्यारेल उत्पादन गरिरहेको छ । साउदीकाे तेल उत्पादक समूहले सन् २०२४ मा दैनिक २ लाख ७७ हजार ब्यारेल तेल उत्पादनको लक्ष्य दिएकाे छ ।

‘गणतान्त्रिक कंगो ओपेक र ओपेक प्लसका महासचिवले गरेका नीतिगत प्रतिवद्धताबाट बाहिरिने निर्णय गरेको छ’ कंगोका हाइड्रोकार्बन मन्त्री ब्रुनो जीन रिचार्ड इटोवाले लिंक इन पोष्टमा भनेका छन्, ‘कंगो अन्य सदस्य राष्ट्रहरूसँगको सम्बन्ध बढाउन र बलियो सहकार्य गर्न प्रतिबद्ध छ ।’ कंगो  सन् २०१८ मा पेट्रोलियम पदार्थ निर्यातकर्ताहरूको संगठन (ओपेक) को सदस्य बनेको थियो ।

यसअघि तेल उत्पादनमा कोटा विवाद कै कारण अफ्रिकी मुलुक अंगोला पनि ओपेकबाट बाहिरिएको थियाे । अंगाेलाले दैनिक ११ लाख ब्यारल तेल उत्पादन गर्दै ओएकाे छ । राेयटर्सले उल्लेख गरेअनुसार ओपेकले दैनिक २८ लाख ब्यारेल तेल उत्पादन गर्छ । अंगाेलाले उत्पादन गरेकाे तेल ओपेकको एक हिस्सा हो । अंगोलाले सन् २००७ मा ओपेकको सदस्यता लिएको थियो ।

अंगाेला बाहिरिएसँगै ओपेकमा तेल उत्पादनकर्ता १२ देशमा मात्रै सिमित रहने छ । जसले २७ लाख ब्यारेल प्रतिदिन तेल उत्पादन गर्नेछन् । जुन विश्वको दैनिक माग १०२ लाख ब्यारेलको २७ प्रतिशत मात्रै हुन्छ । यही कारणले विश्व बजारमा ओपेकको सेयर मुल्यमा ठूलाे गिरावट आउने जनाइएकाे छ ।

नाइजेरिया र अंगोला अफ्रिकाको सबैभन्दा धेरै तेल उत्पादन गर्ने देश हुन् । नाइजेरिया, अंगोला लगायतका देशहरूलाई सन् २०२४ मा तेल उत्पादन कटौती गर्नुपर्ने लक्ष्य दिइएको थियो । सोही विषयमा विवाद हुँदा यी देशहरू ओपेकबाट बाहिरिएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit