images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

यसअघिका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदावधि बाँकी छँदै पदबाट राजीनामा दिएपछि प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको थियो । १३ जनाले प्रतिस्पर्धाका लागि आवेदन दिएकोमा सबैभन्दा बढी अंक प्राप्त गरेका भट्टलाई सरकारले ३ वर्षे कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

भट्ट यसअघि पनि २०७० जेठदेखि २०७० मंसिरसम्म निगमको कार्यकारी निर्देशक भएका थिए । त्यसताका ३६ अर्ब ऋणको भार बोकिरहेको निगमलाई २०७१ असोज १३ गते स्वचालित मूल्य प्रणालीमा लगेर भट्टले निगमलाई ऋण मुक्त बनाएका थिए । 

भारतीय आयल निगमलाई तिर्नुपर्ने बक्यौता र ऋणका कारण आयल निगमले उपभोक्ताबाट ब्याजतिर्ने पैसा समेत पेट्रोलियममार्फत उठाउने गरेको गरेको थियो । त्यस्तो अवस्थाबाट निगमलाई मुक्ति दिएका भट्ट पुनः निगमको नेतृत्वमा आएका हुन् ।

निगममा नियुक्त हुनुअघि उनी विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।

भट्टले यो कार्यकालमा देशमा बढेको विद्युत् ऊर्जाको आन्तरिक खपत बढाउन पेट्रोल पम्पहरूमा चार्जिङ स्टेशन स्थापना गराउनुपर्ने, खाना पकाउने एलपी ग्यासको आयात र खपत खटाउन भूमिका निर्वाह गर्नुपर्ने तथा समग्रमा पेट्रोलियम खपत कम गराउनुपर्ने चुनौतीलाई सामना गर्नुपर्ने देखिएकाे छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit