विद्युत अपडेट

  • प्राधिकरण : ८२५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १०९०८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६३५३ मे.वा.घन्टा
  • आयात : २९९५ मे.वा.घन्टा
  • निर्यात : ३८५९ मे.वा.घन्टा
  • ट्रिपिङ : ३० मे.वा.घन्टा
  • ऊर्जा माग : ४८५३६ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २२७८ मे.वा.
२०८२ जेठ १९, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

संखुवासभा । हिमाली जिल्ला संखुवासभाको ८० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको छ । आज जेठ १३ गते खाँदबारीमा आयोजना गरिएको सरोकारवालासँगको छलफल कार्यक्रममा विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका प्रमुख राजिव सिंहले बाँकी २० प्रतिशत घरधुरीमा पनि छिट्टै विद्युत् पुर्‍याउने तयारी भइरहेको जानकारी दिए ।

यसैबीच, विद्युत् प्राधिकरण संखुवासभाले महसुल नतिर्ने ५४२ उपभोक्ताबाट ५९ लाख रूपैयाँ बक्यौता असुल गरेको जनाएको छ । सदरमुकाम खाँदबारी आसपास र चैनपुर बजार क्षेत्रमा महसुल नतिर्ने उपभोक्ताको विद्युत् लाइन काट्ने अभियान सञ्चालन गरेपछि १० महिनाको अवधिमा उक्त रकम संकलन गर्न सफल भएको खाँदबारी वितरण केन्द्रका प्रमुख सत्रुधन यादवले बताए ।

त्यस्तै, कालोसूचीमा परेका ग्राहकबाट थप ६ लाख रूपैयाँ उठाइएको यादवले जानकारी दिए । प्राधिकरणका अनुसार संखुवासभामा हाल २८ हजार ७३२ भन्दा बढी विद्युत् उपभोक्ता छन् । अघिल्लो आर्थिक वर्षमा महसुलबापत २४ करोड १९ लाख संकलन गरिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३