विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । विद्युत विकास विभागले १ सय ४३ प्रसारण लाइन आयोजना निर्माण गर्न अध्ययन अनुमतिपत्र दिएको छ । विभागले अहिलेसम्म ४ सय केभीदेखि ३३ केभी क्षमताका प्रसारण लाइन आयोजनाको अध्ययन अनुमतिपत्र दिएको हो ।

निर्माण सम्पन्न भएका, निर्माणाधीन र निर्माणमा जाने आयोजनाको विद्युत प्रवाह गर्ने उद्देश्यले सरकार तथा निजी क्षेत्रले प्रसारण लाइन आयोजना निर्माण गर्न अध्ययन अनुमतिपत्र लिएको विभागले जनाएको छ । विभागका अनुसार अध्ययन अनुमतिपत्र जारी भएका प्रसारण लाइनको क्षमता ४ सय केभी, २ सय २० केभी, १ सय ३२ केभी र ३३ केभी छ ।

अध्ययन अनुमति पाएका मध्ये ४ सय केभी क्षमताका १९, २ सय २० केभी क्षमताका १३, १३२ केभी क्षमताका ६१ र ३३ केभी क्षमताका ५० वटा प्रसारण लाइन आयोजनाले अध्ययन अनुमति पाएको विभागको तथ्याङकमा उल्लेख छ ।

अनुमति पाउनेमा ४ सय केभीका इन्डो–नेपाल बोर्डर, अरुण कोरिडोर, चिन्छु–बुटवल, भेरी कोरिडोर, दुधकोसी स्टोरेज, रातमाटे–रसुवागढी केरुङ, बेतन–दोदोधारा, बुढीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाले अध्ययन अनुमति पाएका छन् । तिङला हब–ढल्केबर, दमौली–कुस्मा, फुकोट कर्णाली, किमाथान्का अरुण, न्यू बुटवल लामाहो कोहलपुर, कोहलपुर–न्यू अत्तरिया, अप्पर अरुण हाइड्रो, फुकोट¬–बेतन, ढकारी–बाघमारा बेतन कर्णाली, बजाङ पश्चिम सेती र पश्चिम सेती कोरिडोरले अध्ययन अनुमति पाएको विभागले जनाएको छ ।

यस्तै, २ सय २० केभी क्षमताका रसुवा भोटेकोसी, लाङटाङ भोटेकोसी, कालीगण्डकी गर्ज हाइड्रोपावर, शितलपाटी–तुम्लिङटार, इसुवा खोला, त्रिशुली ३ बी–रातमाटे, अप्पर त्रिशुली, अप्पर तमोर, घुन्सा खोला, लप्चे खोला, तामाकोसी ५, तमोर ढुगेंसाँघु र कोसी कोरिडोर प्रसारण लाइन निर्माण गर्न अध्ययन गर्न अनुमतिपत्र दिइएकोे छ ।

बाँकी, १ सय ३२ केभी र ३३ केभी क्षमताका प्रसारण लाइनले अनुमति लिई अध्ययन गरीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३