विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सिन्धुपाल्चोकको तातोपानीस्थित लिपिङ खोलामा निर्माणाधीन १६.२६ मेगावाटको लिपिङ खोला जलविद्युत् आयोजनाको काम ८२ प्रतिशत पूरा भएको छ । हिम रिभर पावर लिमिटेडले आयोजनाको निर्माण साढे ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ ।

निर्माण सुरु भएको २२ महिना मै काम अन्तिम चरणमा पुर्‍याएको कम्पनीका कार्यकारी अध्यक्ष सुदीपकुमार चौधरीले बताए । उनका अनुसार यही गतिमा आयोजनाको निर्माण भइरहेमा आगामी २०८१ जेठभित्र उत्पादन सुरु हुनेछ ।

‘आयोजनाको बाँध, सुरुङ, विद्युत्‌गृह र प्रसारण लाइन सबै क्षेत्रको काम भइरहेको छ,’ उनले मंगलबार ऊर्जा खबरसँग भने, ‘आयोजनाको बाँध क्षेत्रको ८० प्रतिशत निर्माण पूरा भएको छ । डिसान्डर लगायतका काम बाँकी दुई महिनाभित्र पूरा गर्ने गरी काम भइरहेको छ ।

‘सोमबार ४४ मिटर लामो ड्रप साफ्ट र २ मिटर लामो इन्क्लाइन्ड पेनस्टकको ‘ब्रेक थ्रु’ भएको छ । १४५० मिटर लामो सुरुङ खन्ने काम पनि अन्तिम चरणमा पुगेकोले डेढमहिनाभित्र पूरा हुनेछ । सुरुङको सबै काम तीन महिनाभित्र पूरा गर्ने गरी काम भइरहेको छ’ उनले भने ।

विद्युत्‌गृहको सिभिल संरचनाको काम अन्तिम चरणमा पुगेको छ । एउटा मेसिनको जग खन्ने काम पूरा भइसकेको छ भने अर्कोकाे मेसिनकाे जग खन्ने काम अन्तिम चरण पुगेको छ । उनले २५ दिनभित्र इलेक्ट्रो मेकानिकल उपकरण जडानको  काम सुरु गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।

आयोजनाको सबै काम पूरा गरी २०८१ जेठभित्र उत्पादन गर्ने लक्ष्य रहेको छ । विद्युत् खरिद सम्झौताअनुसार आयोजनाबाट २०८१ असारभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य भएपनि एक महिना अगावै बिजुली उत्पादन थाल्ने योजनासहित काम भइरहेको आयोजना निर्देशक बमबहादुर थापाले बताए ।

आयोजना सम्पन्न गर्न ३ अर्ब १४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ३० प्रतिशत स्वपुजी र ७० प्रतिशत ऋण लगानी छ । आयोजनामा सिद्धार्थ बैंकको एकल लगानी छ ।

भाैगाेलिक अवस्थाका कारण पहुँचमार्गकाे सट्टा दुइ वटा रोपवेमार्फत आयोजनाकाे काम भइरहेको छ । आयोजनाले हेडरेसको आउटलेट र बाँधसम्म रोपवे निर्माण गरेको छ ।

आयोजनाबाट उत्पादन विद्युत् १४.५ किलोमिटर दुरीमा रहेको २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ को स्वीचयार्डमा जोडिनेछ । माथिल्लो चाकु ‘ए’ सम्मको लाइनको काम पनि भइरहेको छ । आयोजनाकाे विद्युत चाकुकाे लाइन हुँदै बाह्रबिसे नगरपालिका–४ स्थित बेतेमा निर्माणाधीन सबस्टेसनमा पुर्‍याइने छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit