विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३३/११ केभीको सेढवा सबस्टेसन चार्ज गरेको छ । पर्सा जिल्लाको विद्युत आपूर्तिको गुणस्तर सुधार तथा स्तरोन्नति गर्ने उद्देश्यले निर्माण भएको सबस्टेसन आइतबारदेखि चार्ज भएको हो ।

सबस्टेसन अहिले लोडमा चार्ज गरिएको प्राधिकरण पोखरिया वितरण केन्द्र प्रमुख जगननाथ झाले बताए । उनका अनुसार उद्योग र घरायसी ग्राहकले पाउने विद्युत सेवाको गुणस्तर सुधार तथा प्रणालीको स्तरोन्नति गर्न सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो ।

सबस्टेसन चार्ज भएपछि विशेष गरी ठोरी, जिराभवानी, जगरनाथपुर गाउँपालिकाको  भोल्टेजमा सुधार, ट्रिपिङ घट्ने, चुहावट घट्ने साथै विद्युत बिक्री बढ्नेछ ।

सबस्टेसनमा ६.८ एमभीएको ट्रान्सफर्मर जडान गरिएको छ । सबस्टेसनमा ३ वटा फिडर निकालिएको  छ । यसअघि पोखरीयादेखि ठोरीसम्मको १२५ किलोमिटर लामो ११ केभी लाइनमार्फत विद्युत ल्याएर वितरण भइरहेको थियो ।

आयोजनाको काम ४ वर्ष अघिदेखि नै सुरु भएको हो । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण करिब २ वर्ष नै काम प्रभावित भएको थियो । केन्द्रअन्तर्गत ३८ हजार ग्राहकले सेवा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit