विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रदेश कार्यालयहरूबाट नियुक्त कर्मचारीले इच्छाएको प्रदेशमा सरुवा लिन पाउने भएका छन् । क्षेत्रीय स्तरको विज्ञापनबाट नियुक्ती पाई हाल सोही क्षेत्रमा कार्यरत सहायक स्तरका कर्मचारीले सरुवा प्रयोजनार्थ एक पटकका लागि आफुले चाहेको प्रदेशमा जान पाउने भएका हुन् ।

कर्मचारी सेवा शर्त विनियमावली, २०७५ दोस्रो पटक संशोधन हुन लागेकाले एक पटकका लागि प्रदेश छनोट गर्ने अवसर दिन लागिएको प्राधिकरण प्रवक्ता मदन तिम्सिनाले बताए । उनका अनुसार कानुनअनुसार प्रदेश स्तरमा छनोट भएका कर्मचारीको आन्तरिक सरुवा हुने गरे पनि एक पटकलाई अर्को प्रदेशमा जान पाउने अवसर दिन लागिएको हो ।

उनले अर्को प्रदेशमा सरुवा हुन इच्छुक सहायक स्तरका कर्मचारीले फागुन २ गतेदेखि ३० दिनको समय राखेर आवेदन दिनुपर्ने बताए । ‘विनियमावली संशोधन हुन लागेकाले कर्मचारीलाई एक पटकका लागि यो अवसर दिने कार्यकारी निर्देशक स्तरीय निर्णय भएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अब सम्बन्धित कर्मचारीले तोकिएको अवधिभित्र सरुवा हुन चाहेको प्रदेश खुलाएर आवेदन दिनुपर्छ ।’ 

उनले सम्बन्धित कर्मचारीले प्राधिकरण जनसाधन विभागमा आवेदन पेश गर्नुपर्ने बताए । प्राधिकरणले पहिले क्षेत्रीय कार्यालय र अहिले प्रादेशिक कार्यालयबाट प्रदेश स्तरको विज्ञापन खुलाएर कर्मचारी नियुक्त गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit