विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण पुलचोक वितरण केन्द्रले खोकना फिडरको विद्युत लाइन काटेको छ । यस फिडरको चुनिखेल क्षेत्रमा सडक विस्तार भएकाले विद्युतीय पोल स्थानान्तरण गर्न विद्युत लाइन काटिएको हो ।

विद्युतीय पोल स्थानान्तरण गर्न बिहान ११ बजेदेखि विद्युत लाइन काटिँदा सेवा अवरुद्ध हुन पुगेको वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रका अनुसार अवरुद्ध विद्युत सेवा दिउँसो ४ बजेबाट सुचारु हुनेछ । 

पोल स्थानान्तरण गर्न चुन्नीखेला हाइटमा जम्पर जुटाइएकाले मगर गाउँ, सानो खोकना, कार्य बिनायक, बुङमति, नेवा ईटा, चुनिखेल, कतार दुतावास, खोइचा, फर्सिखेल, जोर्खु, टोकलमाथ, खहरे, डुकुछाप, दनुवार बस्तीलगायत स्थानको विद्युत सेवा प्रभावित भएको छ ।

प्राधिकरणले प्रसारण तथा वितरण लाइन, सबस्टेसन जस्ता संरचनाको मर्मत एवं स्तरोन्नति गर्न र विद्युतीय पोल स्थानान्तरण गर्न सूचना दिएर लाइन काट्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३