विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखुम्बु, रामेछाप र ओखलढुंगाको सीमा भएर बग्ने लिखु खोलामा निर्माण भएको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ । ग्रिन भेन्चर कम्पनीले निर्माण गरेको आयोजनाबाट शनिबारदेखि विद्युत उत्पादन सुरु भएको हो ।

शनिबारदेखि आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको कम्पनीका अध्यक्ष सुवास संघाईले बताए । उनका अनुसार निर्माण सुरु गरेको ३९ महिनामा सम्पन्न भई आयोजनाबाट विद्युत उत्पादन सुरु गरिएको छ ।

‘हाम्रो लक्ष्य ३२ महिनामा आयोजना सम्पन्न गरी उत्पादन सुरु गर्छौं भन्ने थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘कोरोना महामारी, वर्षाको बाढीले संरचनामा पुगेको क्षतिलगायत कारणले लक्ष्यभन्दा ७ महिना ढिलो गरी आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोड्न सफल भएका छौं ।’ उनले आयोजनाले २ सातासम्म परीक्षण उत्पादन गर्ने र परीक्षणको चरण पूरा भएपछि व्यापारिक उत्पादन सुरु गर्ने बताए ।

आयोजनाले उत्पादन गरेको विद्युत विद्युतगृहदेखि १७ किलोमिटर दुरीमा रहेको २२० केभी न्यू खिम्ती सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्मको प्रसारण लाइन प्रवर्द्धक कम्पनीले निर्माण गरेको छ ।

आयोजना निर्माण सम्पन्न भई आन्तरिक परीक्षणको चरणमा रहेका बेला गत जेठमा एउटा डिसेन्डर बेसिन भत्किएको थियो । भत्किएको डिसेन्डर बेसिनको पुनर्निर्माण गरी आयोजनाबाट विद्युत उत्पादन सुरु गरिएको हो । भत्किएको संरचनाको पुनर्निर्माण गर्न ५ महिना लागेको पनि सांघाईले बताए । 

यो नै निजी लगानीमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको अहिलेसम्मको ठूलो जलविद्युत आयोजना हो । यो आयोजना निर्माण सम्पन्न गर्न सुरुवातमा ९ अर्ब ५४ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । कोरोना महामारी तथा संरचनामा पुगेको क्षतिका कारण निर्माण अवधि लम्बिँदा लागत पनि बढ्ने उनले बताए ।

सुरुवातमा यो आयोजना १२० मेगावाटमा निर्माण गर्ने गरी डिजाइन गरिएको थियो पछि १२० मेगावाटमा निर्माण गर्न सम्भाव्य नदेखिएपछि क्षमता घटाएर ५२.४ मेगावाटमा निर्माण गरिएको हो । 

लिखु नदीमा निजी क्षेत्रले लिखु–४ सहित ३ सय ५१ मेगावाटका आयोजना निर्माण गरिरहेको छ । यी आयोजनाको कूल लागत ७० अर्ब रुपैयाँ छ । अहिलेसम्म ५ सय मेगावाटका जलविद्युत आयोजनाको अनुमतिपत्र जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit