विद्युत अपडेट

  • प्राधिकरण : ९८३६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६१७२ मे.वा.घन्टा
  • आयात : २६९५ मे.वा.घन्टा
  • निर्यात : ५४६४ मे.वा.घन्टा
  • ट्रिपिङ : ३० मे.वा.घन्टा
  • ऊर्जा माग : ४९०८९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३५२ मे.वा.
२०८३ ब‌ैशाख १८, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इङ्वा हाइड्रो पावर लिमिटेडले पहिलो चरणकाे सेयर आवेदन खुल्ला गरेको छ । कम्पनीले स्थानीय र वैदेशिक रोजागरीमा गएका नेपाली नागरिकका लागि छुट्याएको सेयर आवेदन खुल्ला गरेको हो । 

जारी पूँजी ६० करोड मध्येको १० प्रतिशत हुन आउने अर्थात ६ करोड रुपैयाँ रकम बराबरको सय रुपैयाँ अंकित ६ लाख कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु ताप्लेजुङ जिल्लाको सिदिङ्ग गाउँपालिका वडा नम्बर ३, आनखोप गाविसको वडा नम्बर ३, ६, ८, ९, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नम्बर २, साविक फलैचा गाविस वडा नम्बर १, ३ र ओयाम गाविस वडा नम्बर २ का लागि निष्कासन गरिएको हो ।

यसैगरी,  वैदेशिक रोजगारीमा गएका नेपाली नागरीकका लागि सर्वसाधारणमा निष्कासन हुने २० प्रतिशत अर्थात १२ करोड रुपैयाँ रकम बराबरको १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयरमध्यको १ लाख २० हजार कित्ता सेयर निष्कसन गरिएको छ । 

स्थानीयले छिटोमा चैत ५ गतेसम्म र ढिलोमा २० गतेसम्म आवेदन दिन पाउनेछन् भने वैदेशिक रोजगारीमा गएका नेपाली नागरिककले चैत ५ गतेसम्म मात्र आवेदन दिन पाउनेछन् । आवेदन दिदा दुवैले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन पाउँनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले पाँचथरमा ९.७ मेगावाटको इङ्वा खोला जलविद्युत आयोना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३