काठमाडौं । हिमालयन हाइड्रोको सेयर बाँडफाँड भएको छ । कम्पनीले कास्कीको मादी खोलामा रहेकाे १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजनाकाे सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गरेको हो ।
कम्पनीको सेयरधनी बन्न आवेदन दिएकामध्ये १ लाख ८३ हजार ४७ जनाले १० कित्ता सेयर पाएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । क्यापिटललका अनुसार २ जना भाग्यमानीले ११ कित्ता सेयर पाएका छन् ।
कम्पनीले सर्वसाधरणका लागि सय रुपैयाँ अंकित १९ लाख ६८ हजार २ सय ५० कित्ता सेयर निष्कासन गरेको थियो । निष्कासीत सेयरमध्ये ५ प्रतिशत अर्थात ९८ हजार ४ सय १३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ३९ हजार ३ सय ६५ कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको थियो । यस्तै, बाँकी रहेको १८ लाख ३० हजार ४ सय ७२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
यस अघि स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिसकिएको छ । कम्पनीले निर्माण सम्पन्न गरेको १२ मेगावाटका नामार्जुन मादी जलविद्युत आयोजना सञ्चालनमा छ ।