विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले तमोर–ढुङ्गेसाँघु २२० केभी विद्युत् प्रसारण लाइन निर्माण गर्ने अघि बढाएको छ । यस आयाेजना निर्माणका लागि अनुमति माग्दै कम्पनीले विद्युत् विकास विभागमा आवेदन पेश गरेकाे छ । ताप्लेजुङकाे फक्ताङलुङ गाँउपालिका–५ मा प्रस्तावित २२०/१३२/३३ केभी तमोर सबस्टेसनदेखि शुरू भई फुङलिङ नगरपालिका, आठराई त्रिवेणी गाँउपालिका हुँदै मैवाखोला गाँउपालिका–१ मा प्रस्तावित ढुङ्गेसाँघु सबस्टेसनसम्म जम्मा ३०.५ किलोमिटर लामो २२० केभी विद्युत् प्रसारण लाइन निर्माणका लागि कम्पनीले अनुमति मागेकाे हाे । 

डबल सर्किट यो प्रसारण लाइनबाट ७०० मेगावाट सम्मको विद्युत् शक्ति प्रसारण गर्न सकिने कम्पनीले जनाएको छ । 

आयोजनाअन्तर्गत ३०.५ किलोमिटर लाइन निर्माण गर्न १०३ वटा टावरहरू निर्माण हुने छन् । टावरको उचाई अधिकतम ५१ मिटर सम्म रहने तथा टावरहरू बीचको औषत दूरी ३०० मिटरसम्म रहने कम्पनीले बताएको छ । 

आयोजना निर्माणका लागि कुल १०१.५५५ हेक्टर जमिन आवश्यक पर्ने छ । यसमध्ये सबस्टेसन क्षेत्रका लागि ३.१४२४ हेक्टर र टावर रहने क्षेत्रका लागि ६.४३७५ हेक्टर जग्गा आवश्यक पर्ने र विद्युत् मार्गको क्षेत्रभित्र ‘राइट अफ वे’ अन्तर्गत ९०.९२५ हेक्टर जग्गा आवश्यक रहने कम्पनीले जानकारी दिएको छ । आयोजना साढे ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । 

कम्पनीले भू–क्षय, बाढी, वायु प्रदूषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने गरी निर्माण गरिने बताएको छ । यो प्रसारण लाइन निर्माण गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भए सूचना प्रकाशित भएको ३५ दिनभित्र विभाग वा प्रवद्र्धक कम्पनीमा आफ्नो लिखित राय प्रतिक्रया दिन सकिने जनाएको छ ।      

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३