विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रामेछाप जिल्लाको खाडादेवी र सुनापाती गाउँपालिकाको विद्युत आपूर्ति सुधार गर्नका लागि निर्माण गरिएको ३३/११ केभी राकाथुम सबस्टेसन चार्ज भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको सबस्टेसनको काम सम्पन्न गरी चार्ज गरिएको हो ।

रामेछापको खाडादेवी र सुनापाती, सिन्धुलीको सुनकोसी गाउँपालिका र काभ्रेपलाञ्चोकको केही स्थानका विद्युत आपूर्ति गुणस्तर र भरपर्दो बनाउन निर्माण गरिएको सबस्टेसन चार्ज भएको हो ।

सबस्टेसनबाट ५ वडा फिडर निकाल्ने गरी निर्माण भइरहेको छ । जसमध्ये एउटा सुनकोसी गाउँपालिका, एउटा काभ्रेपलाञ्चोक र एउटा सुनकोसी–३ जलविद्युत आयोजनामा जानेछ । सुनापाती र खाडादेवी गाउँपालिका यसअघि करिब २५ किलोमिटर दुरीमा रहेको मन्थली सबस्टेसनबाट विद्युत आपूर्ति हुने गरेको थियो ।

फिडर लामो भएपछि सेवा गुणस्तर र भरपर्दो नभएपछि यो सबस्टेसन निर्माण भएको हो । सबस्टेसनमा १६ एमभिएको ट्रान्सफर्मर राखिएको छ । सबस्टेसनको काम ३ वर्षअघिदेखि सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३