विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३३२ स्थानीय तहलाई सडकबत्ती बापतको ६ अर्ब रुपैयाँ बक्याैता महसुल बुझाउन ताकेता गरेको छ । प्राधिकरणले गत असार मसान्तसम्म उपभोग गरेकाे विद्युत् सेवा बापतको बक्यौता महसुल भुक्तानी गर्न सूचना जारी गरेर ताकेता गरेकाे हाे । 

प्राधिकरणका अनुसार ३३२ स्थानीय तहले कुल ६ अर्ब ८ करोड ९४ लाख ३११ रुपैयाँ बक्यौता महसुल बुझाउन बाँकी छ । सबैभन्दा बढी बक्यौता काठमाडौं माहनगरपालिकाको छ । 

काठमाडौं महानगरापलिकाले १ अर्ब ६१ करोड ९७ लाख २१ हजार रुपैयाँ बुझाउन बाँकी रहेको छ । यस्तै, ललितपुर महानगरपालिकाले १ अर्ब ३६ करोड २३ लाख १० हजार रुपैयाँ, पोखरा महानगरपालिकाले १३ करोड ३५ लाख १४ हजार र वीरगञ्ज महानगरपालिकाले १७ करोड २८ लाख ६९ हजार ४ सय रुपैयाँ बुझाउन बाँकी रहेको छ । 

यसैगरी, विराटनगर महनगरपालिकाको ८ करोड ६६ लाख ८ हजार ७ सय रुपैयाँ, सूर्यविनायक नगरपालिकाको १ करोड २७ लाख २९ हजार, इटहरी उपमहानगरपालिको २ करोड ९९ लाख ५८ हजार ८ सय रुपैयाँ बुझाउन बाँकी छ ।  

प्राधिकरणले सूचना प्रकाशित भएको ४५ दिनभित्र बक्याैता महसुल भुक्तान नगरे कारवाही गर्ने चेतावनी दिएकाे छ । 

तोकिएको समयअवधिभित्र बक्यौता महसुल नबुझाए विद्युत महसुल संकलन विनियमावली २०७८ को विनियम १० को प्रावधान अनुसार कारबाही गर्ने प्राधिकरणकाे चेतावनी छ । 

यस्ताे छ सूचना

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit