विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १२, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । भोटेकोसी र त्रिशूली नदीमा आएको अविरल बाढी तथा पहिरोका कारण प्रभावित परिवारलाई तत्काल राहत र आधारभूत ऊर्जा सेवामा पहुँच पुर्‍याउन वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विशेष प्रक्रियामार्फत नवीकरणीय ऊर्जा सामग्री खरिद गर्ने भएको छ ।

केन्द्रले उक्त सेवाका लागि आज (बिहीबार) बोलपत्र आह्वानसमेत गरेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ बमोजिम विशेष परिस्थितिमा खरिद गर्ने व्यवस्था र प्रचलित सार्वजनिक खरिद नियमावली अनुसार सामग्री आपूर्ति गर्न योग्य तथा इच्छुक आपूर्तिकर्ता, उत्पादक र फर्मबाट दररेट माग गरेको जनाइएको छ ।

प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल ऊर्जा तथा खाना पकाउने सुविधा उपलब्ध गराउन विभिन्न नवीकरणीय ऊर्जा प्रविधि खरिद गर्ने योजना छ । केन्द्रका अनुसार २० वाट पिक (20 Wp) सौर्य घरायसी प्रणाली ५०० थानऽ २ किलोवाट पिक (2 kWp) संस्थागत सौर्य फोटोभोल्टाइक प्रणाली ५० सेट, सुधारिएको धातुको सुधारिएको चुलो २,००० थान खरिद गरिने छ ।

उक्त कार्यका लागि इच्छुक व्यवसायी वा उत्पादकहरूले नियमानुसार प्रस्ताव पेश गर्न सक्नेछन् । सामग्री आपूर्तिकर्ताले आफूले तत्काल उपलब्ध गराउन सक्ने परिमाण खुलाएर दरभाउ पेस गर्नुपर्ने उल्लेख छ । बाढी प्रभावित क्षेत्रमा शीघ्र राहत पुर्‍याउनुपर्ने भएकाले खरिद गरिएका प्रविधिहरू केन्द्रको कार्यालयमा यथाशीघ्र बुझाउनसमेत आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३