विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८१ चैत ३१, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । रामेछामको उत्तरी क्षेत्रमा ५७।५ मेगावाटको नुप्चे–लिखु जलविद्युत् आयोजना निर्माण गरिरहेको भिजन इनर्जी एन्ड पावर लिमिटेडले सर्वसाधारणका लागि शेयर (आईपीओ) निष्कासनको तयारी शुरू गरेको छ । हाल करिब ८० प्रतिशत भौतिक प्रगति पूरा भएको आयेजनाले यस्तो प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । आयोजनाको लागत सुनिश्चित भई स्वपुँजी संकलनको सुरक्षित अवस्थामा आइपुगेको हुँदा आईपीओ निष्कासनको प्रक्रिया शुरू गरिएको पनि कम्पनीले जनाएको छ । 

शेयर निष्कासनका लागि नियामक नियकाहरू विद्युत् नियमन आयोग, कम्पनी रजिष्ट्रार कार्यालय (ओएसआर) तथा नेपाल धितोपत्र बोर्ड (सेबोन) का निकै परिष्कृत प्रक्रिया रहेका कारण समय लागेको कम्पनीले जनाएको छ । त्यस्तै, ७०० भन्दा बढी शेयरधनी भएको कम्पनीको लागि यो सबै प्रक्रिया पूरा गर्न समय लागेको जनाएको छ ।

मुख्यगरी धितोपत्र बोर्डमा लामो समयदेखि अध्यक्ष नियुक्त नहुँदा हकप्रद शेयर तथा प्राथमिक शेयरका प्रक्रिया पूरा गर्न समय लागेको भए पनि कम्पनीले चरणबद्ध रूपमा आईपीओ निष्काशनका प्रक्रिया समयमै पार गर्ने गरी काम गरिरहेको कम्पनीले जनाएको छ । आयोजना समयमै सम्पन्न हुने र छिट्टै आईपीओ स्वीकृत हुने पनि कम्पनीले जनाएको छ ।

धमाधम निर्माण कार्य भइरहेकाले आयोजनाको व्यापारिक विद्युत् उत्पादन मिति (आरसीओडी) लाई कुनै असर नगर्ने कम्पनीको भनाइ छ । २०७८ असोज १२ गतेदेखि आयोजनाको निर्माण शुरू भएको थियो । 

नुप्चे र लिखु खोलामा अलग–अलग बाँध निर्माण गरी दुई वटा सुरुङ खनेर ल्याइएको पानी एकै विन्दुमा मिसाई विद्युत् उत्पादन गर्ने गरी आयोजनाको काम भइरहेको छ । 

उच्च हिमाली क्षेत्रमा निर्माणाधीन आयोजनाको बाँध समुद्र सतहदेखि ३३४० मिटर उचाइमा र विद्युत्‌गृह करिब २६०० मिटरमा निर्माण भइरहेको छ ।हिमाल पानीको स्रोत भएकाले आयोजनाबाट वार्षिक ३८१ गिगावाट प्रतिघण्टा ऊर्जा ९३८ करोड १० लाख युनिट० उत्पादन हुने अध्ययनले देखाएको छ । क्यू–४५ मा डिजाइन गरिएको यो आयोजनाबाट पहिलो वर्ष २ अर्ब ३५ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । उत्पादित विद्युत् विद्युत्‌गृहदेखि २४ किलोमिटर दूरीको गर्जाङ सबस्टेसनमा जोडिने छ ।

१० अर्ब ५७ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी छ । नुप्चे–लिखुमा माछापुच्छ्रे बैंकको नेतृत्व तथा हिमालयन बैंकको सह–नेतृत्वमा बैंक अफ काठमाडौँ, राष्ट्रिय वाणिज्य, कुमारी, कृषि विकास, एनसिसी लगायत ९ बैंकले लगानी गरेका छन् ।

आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ५० करोड रुपैयाँ स्वपुँजी लगानी गरेको छ । निजी क्षेत्रले निर्माण गर्ने आयोजनामा सरकारी कम्पनीले स्वपुँजी लगानी गरेको यो पहिलो आयोजना हो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३