काठमाडौं । इष्टर्न हाइड्रो पावर कम्पनी लिमिटेडकाे सेयर विहीबार (कात्तिक १७ गते) सेयर बाँडफाँड हुने भएको छ । कम्पनीकाे सर्वसाधारणका लागि खुल्ला गरेको ६ लाख कित्ता सेयर बाँडफाँड गर्ने तयारी गरिएको हो ।
कम्पनीले असोज २८ गतेदेखि कात्तिक २ गतेसम्मका ६ लाख ७० हजार ३ सय ४ कित्ता लागि सेयर निष्कासन गरेको थियो । निष्कासित सेयरमध्ये ५ प्रतिशत हुन आउने अर्थात ३३ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषको लागि, २ प्रतिशत हुन आउने अर्थात १३ हजार ४ सय ६ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुटया्एको र बाँकी ६ लाख २३ हजार ३ सय ९८ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।
कम्पनीको भोजपुरमा ५ मेगावाटको पिखुवा खोला जलविद्युत आयोजना सञ्चालनमा छ । आयोजनाको प्रतिमेगावाट लागत २६ करोड ११ लाख ७४ हजार ६ सय ९८ रुपैयाँ र आयोजनाको कुल लागत १ अर्ब ३० करोड ५८ लाख ७३ हजार ४ सय ५४ रहेको छ ।