काठमाडौं । सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौतामा कम्पनीका तर्फबाट प्रबन्ध संचालक सुकुन्त लाल हिराचन तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरे ।
कम्पनीले अहिले नुवाकोटकाे तादी खाेलामा ११ मेगावाटको माथिल्लो तादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।