विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले साधारण सेयर निष्कासन अनुमति पाएको छ । कम्पनीले रामेछापमा निर्माणाधीन २८.१ मेगावाटको तल्लो लिखु खोला जलविद्युत आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन अनुमति पाएको हो ।

 नेपाल धितोपत्र बोर्डले करिब ४० लाख कित्ता साधारण सेयर निष्कासन अनुमति दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सय रुपैयाँ अंकित ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको ३९ लाख ८२ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरिएको छ ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । पहिलो चरणमा आयोजन प्राभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।

कम्पनीले निर्माण गरीरहेको आयोजनाको काम आधा भन्दा बढी सकिएको छ । आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ केभी न्यू खिम्ती सव–स्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३