विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको विद्युत सेवा लिई अनलाइनबाट महसुल तिर्ने ग्राहकको संख्या ९ लाख पुगेको छ । इन्टरनेट सेवा उपयोग गर्ने ग्राहकले विद्युत महसुल अनलाइनबाट तिर्दै आएका हुन् ।

चैत महिनाको तथ्यांकअनुसार ९ लाख ग्राहकले विद्युत महसुल अनलाइनबाट भुक्तानी गरेको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए । ‘हामीले विद्युत महसुल अनलाइन भुक्तानी सेवा सुरु गर्दा उपयोग गर्ने ग्राहकको संख्या थोरै थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिले यो संख्या क्रमशः बढिरहेको छ ।’

उनले कोरोना (कोभिड–१९) महामारीका कारण लकडाउन तथा निशेधाज्ञा लागेपछि गत वर्षदेखि धेरै ग्राहक अनलाइनबाट विद्युत महसुल भुक्तानी गर्न आकर्षित भएको बताए । प्राधिकरणको विद्युत सेवा उपयोग गर्ने ग्राहक करिब ५० लाख हाराहारीमा रहे पनि अनलाइनबाट महसुल भुक्तानी गर्ने ग्राहकको संख्या भने तुलनात्मकरूपमा न्युन हो ।

बैशाखमा अधिकांश जिल्लामा निशेधाज्ञा लागेकाले यो महिनामा अनलाइन भुक्तानी गर्ने ग्राहकको संख्या थप बढ्न सक्ने पनि न्यौपानेले बताए । कोरोना महामारीको संक्रमणको जोखिम उच्च रहेका बेला प्राधिकरणको काउन्टरसम्म धाएर महसुल तिर्नुभन्दा ग्राहकका लागि अनलाइनबाटै तिर्नु सुरक्षित र सहज हुने उनले बताए ।

इन्टरनेटको पहुँच धेरै ग्राहकसम्म पुगिसकेकाले अनलाइनबाटै विद्युत महसुल भुक्तानी गर्न समेत उनले आग्रह गरे । प्राधिकरणले देशभरका सबै वितरण केन्द्रका ग्राहकले विद्युत महसुल अनलाइनबाट भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ ।

‘महामारीका बेला घरदेखि घन्टौं हिँडेर महसुल तिर्न प्राधिकरण कार्यालय नधाउनुहोस् । घरबाटै अनलाइन माध्यमबाट सहजरूपमा महसुल भुक्तानी गर्न मिल्ने प्रविधिको उपयोग गर्नुहोस । यसबाट प्राधिकरणको महसुल भुक्तानी सहजरूपमा हुन्छ भने कोरोना महामारीको संक्रमणबाट पनि जोगिन सकिन्छ’ उनले भने ।

प्राधिकरणले २०७४ भदौ ५ गतेदेखि अनलाइन महसुल भुक्तानी सेवा सुरु गरेको थियो । विभिन्न बैंक तथा वित्तीय संख्याको मोबाइल एप तथा इ–सेवा, खल्ती, आइएमई पे लगायत सेवा प्रदायकमार्फत पनि विद्युत महसुल अनलाइनबाट भुक्तानी गर्न सकिन्छ । 

ग्राहक नम्बर, परिचयपत्र नम्बर र वितरण केन्द्रकाे नाम राखी विवरण भरी तिरिएको महसुल प्राधिकरणको बैंक खातामा जम्मा हुन्छ । इन्टरनेट बैंकिङ सेवा लिने तथा व्यक्तिगत इन्टरनेट वालेट हुने ग्राहकले जुनसुकै स्थानबाट महसुल तिर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit