विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । दैलेखको आठबिस नगरपालिका– ३ को निमायल र वडा नम्बर ९ छेपाडी गाउँका करिब ४ सय घरधुरीमा विद्युतीकरण गएिको छ । नेपाल विद्युत् प्राधिकरणको दैलेख वितरण केन्द्रले सो स्थानमा ५० एमभिएका दुई थान ट्रान्सर्फमर एवम् वितरण लाइन विस्तार गरी विद्युतीकरण गरेको हो ।  

पर्याप्त वितरण संरचनाको अभावमा सबै घरधुरी समेट्न नसकिए पनि तत्कालका लागि करिब ४०० ग्रामीण घरधुरीले विधुत सेवा उपभोग गर्न मिटर जडान प्रक्रिया शुरु गर्न सक्ने केन्द्रले जनाएको छ । 

विद्युतीकरण गरिएका गाउँमा स्थानीयबासी खुसी हुँदै मिटर जडानका लागि स्थानीयबासीले सक्रियता देखाएका छन् । त्यस्तै लाइन विस्तार हुन बाँकी रहेका क्षेत्रका स्थानीयले समेत छिटो लाइन विस्तार गर्न माग गरेका छन् । 

ती वडाका वडा अध्यक्षहरूको सक्रियता एवम् समन्वयका कारण काम वितरण लाइन विस्तारको कार्य समयभन्दा अगाडि नै सम्पन्न भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३