विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइन प्रयोग  गरेबापतको विद्युत् महसुलको बक्यौता र जरीवाना नतिर्ने ९ उद्योगको लाइन काटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन बमोजिम उद्योगहरूको लाइन काटेर बक्यौता असुल्ने प्रक्रिया अगाडि बढाएको हो ।

प्राधिकरणले शुक्रबार ४ र आइतबार ५ उद्योगको लाइन काटेको छ । आइतबार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल प्राधि र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको छ ।

यसैगरी, शुक्रबार जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटेको केन्द्रले जनाएको छ ।

सर्वोत्तम सिमेन्टको ८३ करोड ३८ लाख , लक्ष्मी स्टिलको ९१ करोड ४ लाख २८ हजार, अशोक स्टिलको ७४ करोड ५० लाख, सोनापुर मिनरल्सको ६१ करोड २० लाख र त्रिवेणी स्पिनिङ मिल्सको ८६ करोड ९० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

यसैगरी, जगदम्बा स्टिलको ४ अर्ब १४ करोड, रिलायन्स स्पिनिङको १ अर्ब ९४ करोड, घोराही सिमेन्टको १ अर्ब ३६ करोड र अर्घाखाँची सिमेन्टको १ अर्ब ३० करोड विद्युत् महसुलको बक्यौता र जरीवाना तिर्न बाँकी छ ।

लोडसेडिङको वेला डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् प्रयोग गरेर प्रिमियम शुल्क नतिरेको भन्दै प्राधिकरणले उद्योगहरूको लाइन काट्न सुरु गरेको हो । उद्योगहरू बक्यौता बढेर हालसम्म २२ अर्ब रुपैयाँ भन्दा बढी पुगेको प्राधिकरणले जनाएकाे छ ।

याे पनि पढ्नुहाेस्

ट्रंक र डेडिकेटेड लाइन विवाद, प्राधिकरणको बदमासीलाई राजनीतिक दलको समर्थन

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit