विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सानीभेरी हाइड्रो पावर कम्पनी प्रालिले ४६.७२ मेगावाटको आंशिक जलाशय जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । रूुकुम पूर्वकाे सिस्ने गाँउपालिका–७ र ८ हुँदै बग्ने सानीभेरी नदीमा कम्पनीले उक्त आयोजना निर्माण अघि बढाएको हो । यसका लागि अनुमति पत्रको माग गर्दै कम्पनीले आवेदन दिएको विद्युत् विकास विभागले सोमबार सूचना प्रकाशित गरेर जानकारी गराएको छ । 

सूचना अनुसार आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन तयार भइसकेको छ । आयोजनाका मुख्य भौतिक संरचनाहरू सिस्ने गाँउपालिका र मुसिकोट नगरपालिका सिमानामा सानीभेरी नदीको बायाँ किनारमा रहने छ ।  

आयोजनाबाट वार्षिक सरदर २५१.९८ गिगावाट घण्टा विद्युतिय ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट दैनिक ६ घन्टाका दरले पिक आवर विद्त् उत्पादन गर्न सकिन्छ । उत्पादित विद्युत्‌लाई विद्युत् गृहको स्वीचयार्डमा रहने २० एमभीएको ट्रान्सर्फमरबाट ६ किलोमिटर लामो १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत प्रस्तावित बाफिकोट सबस्टेसन भेराखेतमा जोडिनेछ । आयोजनाबाट २०८६ सम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य छ । 

आयोजनाबाट कुनै उल्लेखनीय वातावरणीय प्रभाव पर्ने देखिए प्रथमपटक सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विद्युत् विकास विभाग वा कम्पनीसमक्ष लिखित रायसूझाव पेश गर्न कम्पनीले सरोकारवाला सबैमा आह्वान गरेको छ ।  
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३