विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८१ चैत २८, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माणाधीन ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना आगामी अबको ६ महिनामा राष्ट्रिय प्रसारण प्रणालीमा आउने भएको छ । निर्माण अन्तिम चरणमा पुगेको आयोजनाको विद्युत २०७९ भदौदेखि प्रसारण प्रणालीमा जोडिन लागेको हो ।

आयोजनाको सिभिलतर्फको ८५ प्रतिशत निर्माण पूरा भइसकेको सुपर मादी हाइड्रो पावर कम्पनीका कार्यकारी अधिकृत पुष्पज्योति ढुंगानाले बताए । ‘हाम्रो लक्ष्य त यही चैतदेखि विद्युत उत्पादन सुरु गर्ने थियो । सोही अनुसार कामको प्रगति पनि भइरहेको थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘ तर, गत असार १ गते मादी खोलामा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति गरेकाले लक्ष्यभन्दा केही ढिला गरी आयोजनाबाट विद्युत उत्पादन गर्ने गरी काम गरिरहेका छौं ।’

उनले आयोजनाको मुख्य संरचना निर्माणको काम सकिन लागेको बताए । आयोजनाको ५ हजार ४ सय मिटर लामो मुख्य सुरुङ खनेर सकिएको छ । अहिले सुरुङ ढलानको काम भइरहेको छ । सुरुङ ढलानको आधा काम बाँकी रहेको उनले जानकारी दिए ।

भूमिगत सेटलिङ बेसिन (बालुथा थिग्राउने पोखरी) ढलानको काम पनि अहिले भइरहेको छ । आयोजनाको विद्युतगृहमा जडान हुने उपकरणहरू आयात भइसकेका छन् । आयात भएका उपकरणको जडान जाँडै सुरु गर्न लागेको ढुंगानाले बताए ।

सेटलिङ बेसिन र मुख्य सुरुङको ढलान, विद्यतगृहमा उपकरण जडानलगायतका सबै कार्य अबको ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ । असारमा आयोजनाको संरचना तथा उपकरणको विभिन्न चरणको परीक्षण गर्ने र साउन १५ देखि परीक्षण उत्पादन सुरु गर्ने गरी काम भइरहेको उनले बताए ।

परीक्षण उत्पादनको चरण सकिएपछि भदौदेखि  व्यापारिक उत्पादन थालिने कम्पनीले जनाएको छ । कम्पनीले गत बर्खाको बाढीले क्षतिग्रस्त संरचनाको मर्मत तथा पुर्ननिर्माण गरिसकेको छ । बाढीले ८० प्रतिशत निर्माण पूरा भइसकेको आयोजनाको संरचनामा ठूलो क्षति गरेको थियो । बाढीले संरचनामा क्षति पुर्याउँदा तथा निर्माण उपकरण र सामाग्री बाढीले बगाउँदा १ अर्ब रुपैयाँ बढीको आर्थिक नोक्सानी हुन पुगेको थियो ।

७ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ८ बैंकले ५ अर्ब ७५ करोड २५ लाख रुपैयाँ लगानी गरेका छन् । लगानी गर्ने बैंकहरूमा एनआइसी एसिया, एनसिसी, सनराइज, कुमारी, कृषि विकास, राष्ट्रिय वाणिज्य र प्रभू बैंक छन् । बाँकी स्वपुँजी लगानी छ ।

आयोजनाबाट वार्षिक २४२।६५ गिगावाट घन्टा बिजुली उत्पादन हुनेछ । उत्पादित विद्युत् विद्युतगृहदेखि ९ किलोमिटर ३३ किलोमिटर प्रसारण लाइन निर्माण गरेर माथिल्लो मादी विद्युतगृहको नजिकैको सबस्टेसनमा जोडिनेछ । आयोजनाको सिभिल निर्माण हिमाल हाइड्रो लिमिटेड र परामर्शदाताको जिम्मा सानिमा हाइड्रो एन्ड इन्जिनियरिङ कम्पनीले पाएका छन् । सिभिल निर्माणको ठेक्का २०७५ जेठ ७ गते भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३