विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सानिमा मिडिल तमोर जलविद्युत् केन्द्रको उत्पादन पुनः सुरु भएको छ । करिब ३ साता अघिदेखि ठप्प रहेको ७३ मेगावाटको केन्द्रले पुनः विद्युत् उत्पादन सुरु गरेको हो । ताप्लेजुङमा उत्पादन गरेका मध्ये सबैभन्दा धेरै क्षमताको जलविद्युत् सानिमाको गत मङ्सिर अन्तिम सातादेखि उत्पादन ठप्प भएको थियो । पावर हाउस (विद्युत्‌गृह) लगायतको क्षेत्रमा प्राविधिक समस्या उत्पन्न भएकाले विद्युत् उत्पादन अवरुद्ध भएको थियो ।

उपकरणहरूमा आएको समस्या समाधान पछि शनिबार रातिदेखि विद्युत् उत्पादन सुरु भएको जलविद्युत् कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिए । केही उपकरणमा प्राविधिक समस्या उत्पन्न भएकै समयमा हरेक वर्ष गर्नुपर्ने नियमित मर्मत तालिकाको कार्यलाई समेत एकै साथ गरी उत्पादन सुरु गरिएको अधिकृत गौतमको भनाइ छ ।

जलविद्युत्‌को उत्पादन करिब २ वर्ष अघिदेखि सुरु भएको थियो । उत्पादित विद्युत्‌ बसन्तपुर सबस्टेसन मार्फत केन्द्रीय प्रसारण लाइनमा समाहित गरिएको छ । मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघु सबस्टेसनमा पावर ट्रान्सफर्मर १३२ केभिएको मात्र रहेकाले बसन्तपुर सबस्टेसन मार्फत राष्ट्रिय प्रसारणमा जोडिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३