विद्युत अपडेट

  • प्राधिकरण : ८७५८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ११४२७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७९९९ मे.वा.घन्टा
  • आयात : ४१०१ मे.वा.घन्टा
  • निर्यात : ६३१७ मे.वा.घन्टा
  • ट्रिपिङ : ६५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५२३५१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८० मे.वा.
२०८३ जेठ ६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दार्चुला जिल्लामा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अपि पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम सकिन लागेको हो ।

छैठौं आयोजनाको रूपमा निर्माण भइरहेको माथिल्लाे चमेलियाको कार्य अन्तिम चरणमा पुगेको कम्पनीका कार्यकारी सञ्चालक संजिव न्यौपानेले बताए । उनका अनुसार अहिले आयोजनाको काम तिव्र गतिमा भइरहेको छ ।

‘आयोजनाको विद्युतगृह, सर्ज टंयाक, सवस्टेसनको निर्माण कार्य सत प्रतिशत सम्पन्न भईसकेको छ’ उनले भने ‘बाँध क्षेत्रको सिभिल संरचनाको काम अन्तिम चरणमा पुगेको छ, ८०० मिटर पाइप जडानको पनि अन्तिम कार्य भइरहेको छ ।’ आयोजनामा जेपर्ट, अष्ट्रियाबाट आयात गरिएका उपकरणहरू जडानको कार्य समेत सुरु गरिएको छ ।

आयोजनाको सबै काम पूरा गरेर आगामी २०८० बैशाखभित्र उत्पादन सुरु गर्ने योजना रहेको पनि न्यौपानेले बताए । उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको बलाँच सबस्टेसनमा जोडिनेछ । यो आयोजना पूरा भएपछि कम्पनीले आफ्नोे सेयरधनीहरूलाई आकर्षक लाभांश दिन सक्ने समेत न्यौपानेले बताए ।

कम्पनीले आयोजनाको विद्युत बिक्रीबाट पहिलो वर्ष १ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गर्नेछ । वार्षिक आम्दानीमा हरेक वर्ष ३ प्रतिशतका दरले ८ वर्षसम्म मूल्य वृद्धि हुने हुँदा आय पनि बढ्दै जाने कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न ७ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ६ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् ।
आयोजनामा हिमालयन बैंकको अगुवाईमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य, नेपाल बैंक, नेपाल बंगलादेश र सेन्चुरी बैंकले ५ अर्ब १८ करोड रुपैयाँ लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाले गरेको यो लगानी कूल लागतको ७० प्रथिशथ हो । २ अर्ब २२ करोड रुपैयाँ (३० प्रतिशत) स्वपूँजी लगानी छ ।

यो आयोजना अपि पावरले निर्माण गरेको तेस्रो जलविद्युत आयोजना हो । कम्पनीले यसअघि दार्चुलामा साढे १६ मेगावाटका २ आयोजनाको सफल निर्माण गरी राष्ट्रिय प्रणालीमा जोडिसकेको छ । कम्पनीले जलविद्युतसँगै सौर्य विद्युत आयोजनामा पनि लगानी गरेको छ । कम्पनीले निर्माण गरेको ४ मेगावाटको चन्द्रनिहापुर, १ मेगावाटको ढल्केबर र १ मेगावाटको सिमरा सौर्य आयोजनाको विद्युत प्रणालीमा जोडिसकेको छ ।

दुईवटा जलविद्युत आयोजना र तिन वटा सौर्य आयोजना सञ्चालन गरिरहेको यो कम्पनीले आफ्नो संस्थापनकालबाटनै सेयरधनीहरूलाई लाभांश वितरण गरिरहेको नेपालको यो एक ठूलो उर्जा कम्पनी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३