काठमाडौं । प्रिसीयस हाइड्रो इन्जिनियरीङ एण्ड कन्स्ट्रकसन प्रालिमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले निर्माणाधीन जलविद्युत आयोजनामा खटाउने गरी आवेदन खुलाएको हो ।
निर्माणाधीन जलविद्युत आयोजनामा उपकरण जडान गर्न, परिक्षण गर्नका लागि मेकानिकल सुपर भाइजर र इलेक्ट्रिसियन माग गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दुइ जना मेकानिकल सुपर भाइजर र एकजना इलेक्ट्रिसियन माग गरिएको छ ।
सुपरभाइजरका लागि मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गरेको र हाइड्रोपावर क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको हुनुपर्नेछ । इलेक्ट्रिसियनका लागि मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गरेको र ३ फेज लाइनमा २ वर्ष काम गरेको, उपकरण र मेसिन मर्मत गर्न सक्ने हुनुपर्नेछ । इच्छुकले आगामी मंगलबारभित्र आवेदन दिनुपर्नेछ ।