विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ताप्लेजुङ जिल्ला स्थित निर्माण भइरहेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत आयोजनामा खटाउन गरी १२ कर्मचारीको माग गरिएको छ । सानिमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको आयोजनामा खटाउन उक्त कर्मचारीको माग गरिएको हो । 

३ जना व्यवस्थापन, २ जना स्काफफोल्डिङ, २ जना इलेक्ट्रिसियन र ५ जना स्प्रे एंकरको माग गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार म्यानेजमेन्टका लागि सम्बन्धित क्षेत्रमा कम्तीमा पनि ४ वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ । 

यसैगरी, विशेष स्काफफोल्डिङको लागि सिभिल इन्जिनियरिङ विषयमा डिपलोमा गरी सम्बन्धित क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने, इलेक्ट्रिसियनका लागि इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा डिपलोमा गरी सम्बन्धित क्षेत्रमा ४ वर्षको कार्यअनुभव भएको र स्प्रे एंकरका  लागि सिभिल इन्जिनियरिङ विषयमा डिपलोमा गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पनि ४ वर्ष कार्यअनुव भएको हुनुपर्ने कम्पनीले जानकारी दिएको छ । 

इच्छुक योग्य व्यक्तिले सूचना प्रकाशित भएको ७ दिनभित्रमा आवेदन दिइसक्नुपर्नेछ । आवेदकले आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ । आवेदकमध्ये प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी कार्यअनुभ भएकाले रोजगारीको अवसर पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३